बनेपा बसपार्क सञ्चालनको तयारी
निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो ।
मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा निर्माण गरिएको बसपार्क २०४९ मा पक्की बनाइएको थियो । बसपार्क निर्माणसँगै नगरले दायाँबायाँ सटर–कवल बनाइ होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ ।
हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि यही जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याउन लागिएको हो । यसअघि बनेपा चारदोबाटोस्थित सडकछेउमा यात्रुबाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । ब...









