२०८१ बैशाख ६

Tag: mcc

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ । कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् ।  Advertisement प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान...
एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

देश, राजनीति, समाचार
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’ Advertisement उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्। बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। ...