उपत्यकामा निषेधाज्ञा तोडेर चल्न थाले ट्याक्सी (तस्बिरहरु)
साभार: रातोपाटी
काठमाडौं । लगातारका लकडाउन र निषेधाज्ञाले जनजीवन कष्टकर हुँदैछ । काठमाडौं उपत्यकामा पछिल्लो तीन सातादेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा बढ्दै भाडामा चल्ने ट्याक्सी सडकमा निस्किन थालेका छन् । मंगलबार उपत्यकामा निषेधाज्ञा बेवास्ता गरेर बाक्लै संख्यामा ट्याक्सीले सडकमा सेवा दिइरहेका थिए ।
कोरोना संक्रमणको जोखिमका बीच बाध्यता र मजबुरीका कारण आफूहरु सड्कमा आउन बाध्य भएको ट्याक्सी चालक अकल बोहराले बताए । उलने भने, ‘कोठामा थुनिएर कति दिन बस्नु, बालबच्चालाई दुई छाक खुवाउन ट्याक्सी लिएर निस्किएँ ।’
Advertisement
मीनभवनमा भेटिएका काभ्रे तिमालका ट्याक्सी चालक सानु तामाङले पनि कोठा भाडा तिर्न र परिवार पाल्नका लागि निषेधाज्ञा तोडेरै ट्याक्सी चालन आफू बाध्य भएको बताए । ट्याक्सी चालकले एम्बुलेन्सले भन्दा सस्तोमा सेवा दिएको...

