२०८१ जेष्ठ २

SYM शुद्ध सकारात्मकता

खाद्यन्‍नका लागि रकम जोहो गर्न मास्क उत्पादन गर्दै मानवसेवा आश्रम

खाद्यन्‍नका लागि रकम जोहो गर्न मास्क उत्पादन गर्दै मानवसेवा आश्रम

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
असहायलाई आश्रम दिंदै आएको मानव सेवा आश्रमले मास्क उत्पादन सुरु गरेको छ। आश्रितहरुका लागि आवश्यक खाद्यन्नका लागि रकम जुटाउनका लागि भन्दै आश्रमले मास्क उत्पादन गरेको हो।  सँधै दान र चन्दाबाटमात्र भन्दा पनि दीर्घकालिन आम्दानीको स्रोत जुटाउन सानो प्रायस स्वरुप मास्क उत्पादन सुरु गरिएको आश्रम सञ्चालकमध्येका एक सुमन मानवसेवाले जानकारी दिए।  कतिपय आश्रमहरुमा भोलिका चाहिने खाद्य सामग्रीको अभाव हुन थालेको भन्दै उनले मास्क बिक्रीको आम्दानीबाट खर्च जोहो गर्न खोजिएको बताए।  देशभर २३ वटा आश्रम रहेको मानवसेवाका काठमाडौंमा मात्र पाँचवटा छन्। सबैमा गरी १ हजार ६ सय आश्रति रहेको उनले जानकारी दिए।  Advertisement 'आत्मनिर्भर हुनुपर्छ भन्ने मनमा चाही छ तर तत्काल ठूलो काम सम्भव छैन। सुरुवात सानैबाट भएपनि गरौं भनेर हाम्रा सक्षम लक्ष्मीनारायणहरुको साथमा मा...
फेसबुकबाट पैसा उठाएर युवाले दिए अस्पताललाई अक्सिजन सिलिन्डर

फेसबुकबाट पैसा उठाएर युवाले दिए अस्पताललाई अक्सिजन सिलिन्डर

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
सामाजिक सञ्जालमार्फत् अभियान चलाएर चार जनाले युवाले जिल्ला अस्पताल सल्यानलाई २० थान अक्सिजन सिलिन्डर दिएका छन्। कोरोना संक्रमित अक्सिजन नपाएर छटपटाउन थालेपछि वैशाख अन्तिम सातादेखि  उनीहरूले फेसबुकमार्फत् ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान चलाएका थिए। जसबाट एक सातामै पाँच लाखभन्दा बढी रकम संकलन भएपछि २० थान सिलिन्डर  किनेर अस्पताललाई  दिएको अभियन्ता गोविन्द (आभास) शर्माले जानकारी दिए। ठूलोखाले अक्सिजन सिलिन्डर  २० वटा आइतबार उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा अस्पताल प्रशासनलाई दिएको शर्माले बताए। Advertisement ‘अक्सिजनको अभावमा अस्पतालमा बिरामी छटपटाइरहेको खबर सुन्दा हामी चुप लागेर बस्न सकेनौं,’ शर्माले भने, ‘बिरामीका आफन्तको पुकारलाई केन्द्रमा राखेर हामीले थालनी गरेको अभियानमा देश बिदेशब...
पछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे

पछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे

SYM शुद्ध सकारात्मकता
नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ। पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबारभन्दा कम हो। शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो। त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो। पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या बढ्दै छ। आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए। Advertisement आइतबार १९ हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण र तीन सय ४४ जनाको एन...
कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब बजेट सुनिश्चित

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब बजेट सुनिश्चित

SYM शुद्ध सकारात्मकता, देश, स्वास्थ्य
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो। Advertisement यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप स्रोत सुनिश्चित गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ। ...
आफ्नै बारीमा फलफूलको एउटा बिरूवा रोपेबापत् किसानले पाउँछन् ५ किलो चामल

आफ्नै बारीमा फलफूलको एउटा बिरूवा रोपेबापत् किसानले पाउँछन् ५ किलो चामल

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, उद्यमशीलता
बाजुराका कपुर अधिकारीले यसपालि आफ्नै बारीमा ८ वटा कागतीका बोट रोपे। त्यसबापत् उनले ४० किलो चामल पाए। उनी दंग छन्। यति चामल लिन उनी वर्षेनी घन्टौं हिँडेर सरमुकाम जानुपर्थ्यो। कहिले खाद्य डिपोको अघि लाइन बस्नुपर्छ। त्यहाँ पनि पाइएन भने बजारका खुद्रा पसलमै। डिपोमा भन्दा बजारमा चामलको भाउ महंगो छ। अधिकारी हिमाली गाउँपालिका-७ का किसान हुन्। किसान भए पनि उनको परिवारमा वर्षेनी खाद्यान्नको अभाव हुने गर्छ। उनको जमिनमा १२ क्विन्टल धान, र डेढ क्विन्टलसम्म गहुँ, फल्छ। त्यसले वर्षको पाँच महिनामात्रै खान पुग्छ। उनको परिवारमा ६ जना छन्। बाँकी ७ महिना गाउँमा आउने विकास योजनामा काम गरेबापत् पाइने पैसाले खाद्यान्न किनेर खान्छन्। ‘पोहर पनि लकडाउन भयो, यस वर्ष पनि यस्तै छ काम भएको छैन, झन् खाद्यान्नको समस्या छ, किनेर खाने मान्छेलाई बढी आपत् छ,’ उनले भने। अधिकारीमात्र...
चीनबाट ल्याइएका अक्सिजन सिलिन्डर आज तातोपानी नाका आइपुग्ने

चीनबाट ल्याइएका अक्सिजन सिलिन्डर आज तातोपानी नाका आइपुग्ने

SYM शुद्ध सकारात्मकता, देश, समाचार
नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्। ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्नेछ। ‘उताबाट स्वास्थ्य सामग्री बोकेका गाडी छुटिसकेको भन्ने खबर छ,’ तातोपानी भन्सार नाकाका प्रमुख नारद गौतमले सेतोपाटीसँग भने, ‘खासाभन्दा माथिबाट स्वास्थ्य सामग्री ल्याउन लागिएको हो।’ Advertisement उनले शनिबार ती सामग्री नाका आइपुग्ने अपेक्षा गरे पनि नआएको बताए। ‘आज सामान आइपुग्छ कि,’ उनले भने, ‘नाकामा सामान आइपुगेपछि तत्कालै काठमाडौं पठाइन्छ।’ निजी क्षेत्रले सात हजार ५ सय सिलिन्डर अक्सिजन ल्याउन लागेका छन्। साथै सरकारी तर्फबाट कति सिलिन्डर ल्याउन लागिएको भन्ने खुलेको छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर अक्सिजन नेप...
मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

SYM शुद्ध सकारात्मकता, विचार, विचार, स्वास्थ्य
मिर्गौला प्रत्यारोपण र चारवटा शल्यक्रिया गराएका हरिनारायण शर्माको कोरोना अनुभव नमस्कार! मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजेटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भएर घर फर्किएँ। म निको हुँदैछु। अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ। घरमै आराम गरेर बसिरहेको छु। मैले उपचारमा देखेका, भोगेका केही अनुभव यहाँहरू समक्ष बाँड्दैछु। निरन्तर सावधानी र सुरक्षा उपाय अपनाउँदा अपनाउँदै पनि हामी स-परिवार (म, मेरी श्रीमती र दुई छोरा) वैशाख पहिलो सातादेखि नै कोरोना संक्रमित भयौं। अहिले सबैले स्वास्थ्य लाभ गरिरहेका छौं। परिवारको माया, ममता आशीर्वाद र ऊर्जाले यो जीवन प्रतिकूल समयमा पनि रिचार्ज भइरहेको छ। र आफ्नै अनुकूल चलिरहेको छ। हस्पिटल बसाइ र आफैंले भोगेका कत...
यी उपमेयर जो महिनौंदेखि आफैं ड्राइभर बनेर बिरामी ओसार्दैछन्

यी उपमेयर जो महिनौंदेखि आफैं ड्राइभर बनेर बिरामी ओसार्दैछन्

SYM शुद्ध सकारात्मकता
गत वर्ष नेपालमा कोरोना महामारी सुरू हुँदा धेरैलाई यसका बारे खासै जानकारी थिएन। देश नै लकडाउनमा गएपछि सबै अन्यौलमा परे। बजार, यातायातदेखि सरकारी, गैरसरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्न पुग्यो। एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै बञ्चित हुँदै थिए। उपचारका लागि अस्पताल पुग्नै पर्ने बिरामीको हालत दिन-प्रतिदिन बिग्रँदै थियो। फोन गरेर बोलाउँदा एम्बुलेन्स ठाउँमा पुग्दैनथे। पुगिहाले पनि मनलाग्दी भाडा असुलेर बिरामी झनै उपचार गराउन नसक्ने अवस्थामा पुग्थे। त्यो समयमा आफ्नो कार्यक्षेत्रमा बिरामीका लागि साहरा बनेर उभिए राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा। यो कामलाई उनले अझै निरन्तरता दिइरहेका छन्। उपमेयर लामा आइतबार बिहान ११ बजेतिर नगरपालिका कार्यालय नजिकै पूर्व-पश्चिम राजमार्गमा पिपिई लगाएर गाडी चलाउँदै गरेका भेटिए। उनी आफूले पा...
अक्सिजन नपाएर जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो: देउवा

अक्सिजन नपाएर जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो: देउवा

SYM शुद्ध सकारात्मकता, राजनीति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले अक्सिजन, भेन्टिलेटर, खोपलगायत नपाएर जनता मरिरहेको टुलुटुलु हेर्ने प्रधानमन्त्री देशमा रहनु विडम्बना भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेपछि छलफलमा भाग लिएका देउवाले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको बताए। ‘आफ्ना जनताका लागि अक्सिजन बेड व्यवस्थापन गर्न नसक्ने, जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो,’ देउवाले भने। उनले प्रधानमन्त्री ओलीको दम्भ र अंकगणितीय खेलले अहिलेको अवस्था आएको बताए। तीन वर्षमै प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था अरूका कारण नभई प्रधानमन्त्री आफैँको कारण भएको देउवाको भनाइ छ। Advertisement ‘तीन वर्षमै विश्वासको मतका लागि आउनुपरेको छ यो परिस्थितिका ला...
काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी

काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ। जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो। यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्। Advertisement ‘सो छलफलबाट हामी निषेधाज्ञाको समय तोकेर आदेश जारी गर्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तीमा पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने डिसिसिएमसीको निष्कर्ष छ।’ कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको निष्कर्ष रहेको पराजुलीले बताए। डिसिसिएमसीको बैठक आइतबार बसेको थियो। सोमबार पनि ...