बागमतीका सांसद खतिवडाले गरे त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग
पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीको अत्यधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव बढ्दै गएपछि बागमती प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जिल्ला त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका छन्।
जिल्ला अस्पताललाई आफ्नै खर्चमा १० थान अक्सिजन सिलिण्डर त्रिशूली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतबार बिहान सांसद खतिवडाले सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणपछि खतिवडाले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।
Advertisement
उपचारपछि निको हुने अवस्थामा पनि देशैभर बिरामीहरूले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालीलाग्दो...









