२०८३ कार्तिक १४

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आज पहिला फिल्डिङ गर्ने भएको छ । 


Advertisement


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालले आजको खेलमा खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ । 

पहिलो खेलमा ६ विकेटले पराजित भएकाले तीन खेलको ट्वान्टी–२० शृंखला जोगाउन नेपाललाई आज जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रतासँगैउपाधिसमेत जित्नेछ । 

आजको खेलका लागि नेपाली टोलीमासन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदील आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बासिर अहमद, भीम सार्की  रहेका छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap