२०८२ चैत्र २

सामाजिक

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

विदेश / एन.आर.एन, समाचार, सामाजिक
साभार: रातोपाटी एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ । Advertisement भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन् । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ । ५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली हुने मानिन्छ ।   ...
कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।   रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।  Advertisement शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।   आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी राम...
छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् । तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।  २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।  बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएक...
यातायात कम्पनीको रुट परमिट खारेज

यातायात कम्पनीको रुट परमिट खारेज

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको छ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको हो ।  विहीबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठक सो निर्णय गरेको हो ।  Advertisement केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।  बैठकले सिण्डिकेट खारेजी यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ । ...
२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । Advertisement  गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । ...
कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए । Advertisement यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि  केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी  ...
काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए । Advertisement उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभा...
कोरोनाले काभ्रेमा थप एकको मृत्यु

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् ।  नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्र...
प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ । कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।  ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।  बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।  Advertisement ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए । उनले भने, ‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ ।’ घटनाबारे छानबि...
बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रुपन्देही । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका–१ नागथानका  ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । Advertisement नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे  उहाँलाई करेन्ट लागेको थियो । यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।  ...