२०८३ असार १२

सामाजिक

तीतो बास्तविकता : उच्च रक्तस्रावले नवजात शिशु र आमाको मृत्यु

तीतो बास्तविकता : उच्च रक्तस्रावले नवजात शिशु र आमाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । Advertisement विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ । “रक्तस्राव निकै बढी भएको रहेछ”, डा भारद्वाजले भने, “ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो ।” उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा म...
कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे  आज विहान मृत्यु भएको  छ । Advertisement मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् । यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ । योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए । साभार: रातोपाटी ...
हुम्लाका ६ हजार बालबालिकालाई बालभिटा र भिटामिन ‘ए’

हुम्लाका ६ हजार बालबालिकालाई बालभिटा र भिटामिन ‘ए’

देश, समाचार, सामाजिक, स्वास्थ्य
हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९  बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका  बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।  जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।  राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ ।    Advertisement छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल  भिटामिन ‘ए’ वितरण गरिएको छ ।   त्यस्तै १२ महिनादेखि दुई वर्षसम्...
तीर्थयात्रीको मृत्यु : पाथीभरा

तीर्थयात्रीको मृत्यु : पाथीभरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।  मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उहाँलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए । Advertisement तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आउनुभएको थिया  । अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उहाँलाई सदरमुकामतिर ल्याइएको थियो । मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी ...
पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । देशकै सुविधा सम्पन्न सहर पोखराका अस्पतालमा घुम्दाघुम्दै उपचार नपाएर एक सर्वसाधारणको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ काँडेमा बसोबास गर्दै आएका राजेश कार्कीको अस्पतालमा घुम्दाघुम्दै बुधबार राती ज्यान गएको हो । अस्पताल पुगेका कार्कीको अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको उनका आफन्तहरुले आरोप लगाएका छन् । ललिपुर स्थायी ठेगाना भएका कार्की पछिल्लो समय अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेमा बसोबास गर्दै आएका थिए । पेशाले ट्रक चालक रहेका कार्कीलाई बुधबार बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेट्रोसिटी अस्पतालमा पुर्याइएका कार्कीलाई अस्पतालले भर्ना लिन नमानेका मृतकका आफन्तहरुले बताएका छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि उनका आफन्तले लेकसिटी अस्पताल पुर्याए । ‘मणिपालमै लग्ने भनेका थियौं । दिदीले मेट्रोसिट...
त्रिशूलीमा खस्यो पिकअप भ्यान

त्रिशूलीमा खस्यो पिकअप भ्यान

देश, समाचार, सामाजिक
प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।  Advertisement त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।  यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् ।  घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले ज...
कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल लाई कोरोना संक्रमण देखिएको हो।  कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए । Advertisement मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो । सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणमा लागि आइनसकिएको जनाइएको छ । बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ। साभार...
बालिका मृत्यु प्रकरण : पुलिसको गोली लागि प्रदशनकारीको मृत्यु

बालिका मृत्यु प्रकरण : पुलिसको गोली लागि प्रदशनकारीको मृत्यु

देश, समाचार, सामाजिक
महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडाँै लगिएका न्यौपानेको मङ्गलबार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर...
ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

देश, समाचार, सामाजिक
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । Advertisement महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । साभार: रातोपाटी ...
निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् ।  यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् । Advertisement यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।  यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।  यस्तै दे...