२०८२ पुष ९

सामाजिक

थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वषर्ीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । Advertisement उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ । Credit: OnlineKhabar ...
८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् ।  “अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान ...
पेस्तोल धारी युवक छठ घाटमा पक्राउ

पेस्तोल धारी युवक छठ घाटमा पक्राउ

देश, समाचार, सामाजिक
सिरहा । सिरहा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएको २२ वर्षीय रविन दास पक्राउ परेका हुन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए । Advertisement सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका  ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछाममा  २,  बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७७२ पुगेको छ ।  Advertiseme...
डाक्टर बने पुनः कोरोना संक्रमित : विराटनगर

डाक्टर बने पुनः कोरोना संक्रमित : विराटनगर

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ मंसिर, विराटनगर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना भाइरसको पुनःसंक्रमण देखिएको छ । विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई पहिले संक्रमण पुष्टि भएर संक्रमणमक्त भएको दुई महिनापछि पुनः संक्रमण देखिएको हो । पहिलो पटक संक्रमण हुँदा सामान्य लक्षण मात्र देखिएको उनमा दोस्रो पटकको संक्रमणमा भने जटिल लक्षण देखिएको थियो । १८ साउनमा सामान्य लक्षण देखिएपछि जाँच गराउँदा उनमा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएका उनी एक महिनासम्म घरमै बसेका थिए । ‘पहिलो पटक सामान्य लक्षण थियो । १४ दिन आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएँ’ उनले भने ‘सतर्कता अपनाउँदा अपनाउँदै दोस्रो पटक संक्रमण हुँदा धेरै पेन (पीडा) भयो ।’ पहिलो संक्रमणपछि एक महिना घरमै आराम गरेर उनी सतर्कतासहित काममा निस्किएका थिए । घर बाहिरको पानी समेत नखाएका ...
दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

देश, समाचार, सामाजिक
जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ ।  Advertisement तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।  चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए ।  तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६÷७७ को ...
निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने बाइक चालक समेत ३ किशोर हिरासतमा

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने बाइक चालक समेत ३ किशोर हिरासतमा

देश, समाचार, सामाजिक
काठमाडौं । निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै हैरान पार्ने र भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।  Advertisement महानगरीय प्रहरी परीसर भक्तपुरका इन्सपेक्टर सुदन केसी नेतृत्वको टोलीले उनीहरुलाई दुधपाटी र भक्तपुर–२ टौमढीबाट पक्राउ गरेको हो ।  मंसिर २ मा भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशालाई तीन जना मिलेर दुर्व्यवहार गरेका थिए ।  सफिल खत्रीले चलाएको स्कुटरको पछाडि बसेर भक्तपुर–५ तौमडी घर भएका १६ वर्षीय किशोरले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । सो भिडियो विशेष जोशीले टिकटकमा अपलोड गरेको प्रहर...
ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको वीभत्स हत्या : मकवानपुर

ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको वीभत्स हत्या : मकवानपुर

देश, समाचार, सामाजिक
पूर्वी मकवानपुरको  वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।  वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  Advertisement घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।  हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई प...
६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण

६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । Advertisement कहाँ कति संक्रमित ? पछिल्लो २४ घण्टामा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको छ । त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दाङमा १४, तनहुँमा १३, ध...