जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभएर परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे ।
“प्रतिस्पर्धीलाई भन्दा १४/१५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्नँ,“ उनले भने, “तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ ।“
उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका निर्वाह गरेको उल्लेख गरे ।
“लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भ...









