२०८२ चैत्र १५

राजनीति

एमालेले घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीबाट हटायो

एमालेले घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीबाट हटायो

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।  त्यसैगरी, बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाटीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय नि...
चुनावी परिणामबाट निराश हुनुपर्दैन, गुम्न खोजेको शक्तिमा फर्किन सक्छौँ : प्रचण्ड

चुनावी परिणामबाट निराश हुनुपर्दैन, गुम्न खोजेको शक्तिमा फर्किन सक्छौँ : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने बताएका छन् ।  शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताए । उनले माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे । स्थानीय तहका १२२ पालिका माओवादीको कन्ट्रोलमा रहेको भन्दै प्रदेशमा ७४ को हाराहारीमै रहेको प्रचण्डले बताए । उनले संघीय संसद्मा भने आफ्नो पार्टीले सोचेजस्तो र अपेक्षा गरेजस्तो सिट नजिते पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने दाबी गरे ।  उनले राष्ट्रिय राजनीतिमा आफूहरुक...
यी हुन् एकीकृत समाजवादीको समानुपातिक प्रदेश सांसद

यी हुन् एकीकृत समाजवादीको समानुपातिक प्रदेश सांसद

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेशसभातर्फ समानुपातिक सूची टुंग्याएको छ । एकीकृत समाजवादीले गण्डकीबाहेक सबै प्रदेशमा समानुपातिक सांसद पाएको छ । एकीकृत समाजवादीले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा एकजना, मधेशमा तीनजना, वाग्मतीमा दुईजना तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एकजना सांसद पाएको छ । ...
समानुपातिकतर्फ यी हुन् एमालेबाट निर्वाचित हुने ३४ सांसद (सूचीसहित)

समानुपातिकतर्फ यी हुन् एमालेबाट निर्वाचित हुने ३४ सांसद (सूचीसहित)

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट उनीहरूको नामावली टुंगो लगाएको हो । यही मंसिर ४ गते भएको निर्वाचनबाट एमाले प्रतिनिधिसभामा दोसो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ । नामावली पढ्नोस्– आदिवासी जनजाति पुरुष देवीप्रसाद भट्टचन हेमराज राई कालुराम राई  आदिवासी जनजाति महिला नैनकला थापामगर सूर्यकुमारी श्रेष्ठ उर्मिला थेवे ईश्वरी घर्ती रणकुमारी बलम्पाकीमगर शान्ति श्रेष्ठ सरस्वती सुब्बा  खसआर्य पुरुष रघुजी पन्त एकनाथ ढकाल दयालबहादुर शाही  खसआर्य महिला मेनुकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञ...
मित्रलाल बस्यालले गर्नेछन् गण्डकी प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता

मित्रलाल बस्यालले गर्नेछन् गण्डकी प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता

राजनीति
पोखरा । प्रदेशसभाको पहिलो बैठक कहिले बस्छ भन्ने टुंगो छैन । कारण, दलहरूले निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची पठाएका छैनन । निर्वाचन आयोगले निर्वाचित सांसदहरूको नाम ज्येष्ठ सदस्यको नाम प्रदेशसभालाई लेखेर पठाएपछि मात्रै शपथ ग्रहणको प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १८३ (१) मा भनिएको छ, “प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्नेछ ।” अन्तिम मतपरिणाम आइसकेपनि आयोगले पठाएको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनेछन् भने बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ खुवाउनेछन् । निर्वाचन आयोगले २६ गतेसम्म निर्वाचन प्रक्रियाका सबै कार्यक्रम सकिने जनाएको छ । आयोगको भनाइलाई आधार मान्दा त...
रेशम चौधरीलाई रिहा गरे सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

रेशम चौधरीलाई रिहा गरे सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।  शुक्रबार अपराह्न काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो । रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ । ...
देउवा रणनीति– दलको चुनाव नहुँदै प्रधानमन्त्री !

देउवा रणनीति– दलको चुनाव नहुँदै प्रधानमन्त्री !

राजनीति
काठमाडौं । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनले कुनै पनि दललाई बहुमत दिएन । यो परिणामले संविधान धारा ७६(१) अनुरूप सरकार बन्ने सम्भावनाको ढोका बन्द गरिदियो । त्यसैले धारा ७६(२) अनुसार दलीय गठबन्धनका आधारमा सरकार बनाउनुपर्ने बाध्यता दलहरूलाई आएको छ ।  प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक प्रमुख दलहरुमा संसदीय दलको नेता छान्न सकस पर्ने देखिँदैन । दोस्रो दल नेकपा एमालेले चुनावअघिनै भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेकाले एमालेमा संसदीय दलका नेता उनलाई नै स्वीकार गरिसकेको देखिन्छ ।  नेकपा माओवादी केन्द्रमा त पार्टीको महाधिवेशन होस् वा संसदीय दलको चुनाव अध्यक्ष पुष्पकमल दाहालनै चाहेको अनुरुपनै हुँदै आएको छ । त्यसैले यसपटक पनि उनलाई संसदीय दलमा चुनौती दिने पात्र हालसम्म खडा भएका छैनन् ।  प्रतिनिधि सभामा सब...
चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला

चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्धान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनको दाबी छ । अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथभ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको व्यवहार गर्ने, आफ्नो सर्वहारा वर्गीय धर्मबाट च्यूत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको उनले बताए ।  संसद्वाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेह...
निलम्बित प्रधानन्यायाधीश जबरालाई पनि कारण देखाऊ आदेश

निलम्बित प्रधानन्यायाधीश जबरालाई पनि कारण देखाऊ आदेश

राजनीति
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि कारण देखाऊ आदेश जारी गरेको छ । महाभियोग संसद्मा विचाराधीन रहेका बेला महाभियोग ‘निष्प्रभावी भएको’ भन्दै पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमसहितलाई कारण देखाऊ आदेश जारी गरेको संवैधानिक इजलासले पत्र लिएका जबरालाई पनि कारण देखाऊ आदेश जारी गरेको हो ।  “यसमा के कसो भएको हो, निवेदको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र प्रत्यर्थिमध्येका सम्माननीय प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूले महान्याधिवक्तको कार्यालय...
प्रमुख निर्वाचन आयुक्तको आरोप– महिलामाथि दलहरूले राजनीतिक हिंसा गरे

प्रमुख निर्वाचन आयुक्तको आरोप– महिलामाथि दलहरूले राजनीतिक हिंसा गरे

राजनीति
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरूले टिकट नदिएर महिलाहरूमाथि व्यापक विभेद गरेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवारी दिने काममा महिलाहरूमाथि ठूलो विभेद् गरेको बताएका हुन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उमेदवार पनि नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको आरोपसमेत लगाए । "उमेदवारी दिँदा राजनीतिक दलहरूबाट व्यापक रूपमा विभेद भयो भन्ने हामी देख्छौँ । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्‍याउन मात्रै महिलाहरूलाई स्थानीय तहमा पनि उमेदवारी दिइयो । निर्...