२०८२ चैत्र १५

राजनीति

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

राजनीति
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको छ ।  प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत...
देउवालाई आफ्नै महामन्त्रीको चुनौती : संक्रमण कालमा अध्यादेश ल्याउनु गलत

देउवालाई आफ्नै महामन्त्रीको चुनौती : संक्रमण कालमा अध्यादेश ल्याउनु गलत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका महामन्त्रीले चुनौती दिएका छन् । नयाँ सरकार गठनको बाटो सहज बनाउन जुनसुकै तहमा भएका मुद्दा पनि सरकारले फिर्ता लिन सक्नेगरी जारी गरेको अध्यादेशमा महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका हुन् । उनले संक्रमणकालमा अध्यादेश ल्याउनुले कानुनी र राजनीतिक रुपमा मात्र होइन नैतिक रुपमा पनि प्रश्न उठेको बताएका छन् ।  “सरकारमा छँदा जे सत्य, संसदमा पनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति,” शर्माले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई माफि दिएर सरकार बनाउने गरी देउवाले जारी गरेको अध्यादेशमा विमति राख्दै भनेका छन्, “संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत !”  उनले यो कानुनी र राजनीतिक मात्र नभएर नैतिक प्रश्न...
कुन्ती पोखरेलको नेतृत्त्वमा नगरपालिकामा तालाबन्दी

कुन्ती पोखरेलको नेतृत्त्वमा नगरपालिकामा तालाबन्दी

राजनीति
काठमाडौं । राप्रपा नेतृ कुन्ती कुमारी पोखरेलको नेतृत्त्वमा कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिका कार्यालय अघिल्तिरको सडक पनि वर्षौँदेखि नबनेको र दबाब पनि दिन नसकेको भन्दै थलीस्थित कार्यालयमा तालाबन्दी गरिएको हो । मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोधमा तालाबन्दी गरिएको हो । पोखरेलले वर्षौँदेखिको समस्या समाधान गर्न नगरपालिकाले पहल नगरेको भन्दै तालाबन्दीमा उत्रिनुपरेको बताएकी छन् । उनले नगरपालिकाले सडक विभागलाई दबाब पनि दिन नसकेको हुँदा स्थानीय विरोधमा उत्रिएको बताएकी छन् । स्थानीयले उक्त सडक निर्माणको माग गर्दै केहीदिनदेखि  बन्दसमेत गराएका छन् ।“कति संरक्षण गर्छौ भ्रष्टहरुलाई ?,” उनको प्रश्न छ, “काम नगर्ने ठेकेदारसँग गरिएको सम्झौता किन रद्ध गर्न सकिएन ? मेयर र वडाध्यक्ष भनेको स्थानीयको समस्या समाधानका लागि यह...
जहिले देउवाको इमान्दार सहयोगी भएँ, अहिले सांसद नपाएर ‘उपहार’ पाएँ

जहिले देउवाको इमान्दार सहयोगी भएँ, अहिले सांसद नपाएर ‘उपहार’ पाएँ

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा नेपाली कांग्रेसका शीर्ष नेताहरूमध्येका एक गोपालमान श्रेष्ठको नाम एक नम्बरमा  थियो । तर, उनी सांसदका लागि सिफारिस भएनन् । श्रेष्ठले सभापति शेरबहादुर देउवासँगै राजनीति थालेका थिए । उनले देउवाका विश्वासपात्र बनेर पनि काम गरे । तर, अहिले श्रेष्ठले उनै देउवाबाट 'हेपिएको अनुभूति' गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकबाट समानुपातिकतर्फ पार्टीबाट निर्वाचित हुनेको सूची निर्वाचन आयोगलाई सिफारिस गर्दा श्रेष्ठको नाम काटिएको छ ।  समानुपातिक सूचीमा भएकामध्ये सबैभन्दा वरिष्ठ भएर पनि आफू सिफारिस नभएपछि उनले ‘देउवालाई गरेको सहयोगबात पुरस्कार पाएको’ प्रतिक्रिया दिएका छन् । “म २०२० सालमा काठमाडौं आएर देउवासँगै राजनीति सुरु गरेको हुँ । अहिले सिफारिस गरिएकोहरूमध्ये...
समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । अर्का पार्टीका अध्यक्ष तथा विवादास्पद छविका ढकाललाई सांसद बनाएपछि एमालेमा असन्तुष्टि देखिएको छ ।  एमालेका नेता भीम रावलले आफ्नो पार्टीबाट हस्ताक्षर गरी चुनामा उमेदवार बनाएका अर्का पार्टीका अध्यक्षलाई चुनावमा उठाइएको भन्दै राजनीतिमा नैतिकताको खडेरी भएको बताएका छन् ।  “अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्चसँग आबद्ध अध्यक्ष एकनाथ ढकाललाई नेकपा (एमाले) ले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ,” उनले आइतबार ट्विट गर्दै भनेका छन्, “परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उमेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानु...

समानुपातिक सांसद सूची : कुन दलले के सच्याउनुपर्ने ?

समानुपातिक सांसद सूची : कुन दलले के सच्याउनुपर्ने ?

राजनीति
काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै सच्याएर पठाउन पत्र काट्दै छ । आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएर त्रुटि सच्याउन भन्दै पत्र पठाउन लागेको हो । यो पत्र आजै पठाइने तयारी छ । दलहरूले शनिबार अबेर रातिसम्म समानुपातिकतर्फका सांसदको सूची बुझाएका थिए । दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ त्रुटि नभेटिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ । गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले बुझाएको सूचीमा त्रुटि भेटिएको उनले बताए । एमालेले सच्याउनुपर्ने आयोगले नेकपा (एमाले)ले पठाएको सूचीमा तीनवटा त्रुटि रहेको निष्कर्ष निकालेको छ । एमालेको प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि रहेको ठहर गरेको छ । ...
‘फुल कोर्ट’लाई संसद्का महासचिवको जवाफ– सबै कुरा इजलासलाई नै दिनेछु (पूर्णपाठ)

‘फुल कोर्ट’लाई संसद्का महासचिवको जवाफ– सबै कुरा इजलासलाई नै दिनेछु (पूर्णपाठ)

राजनीति
काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । आइतबार डा. गौतमले ‘जानकारी’ भनेर पठाएको पत्रमा सर्वोच्चको पूर्ण इजलासले उठाएको प्रश्नको भने जवाफ दिइएको छैन । पत्रमा संवैधानिक इजलासको अन्तरिम आदेशले पत्र कार्यान्वयन रोकिसकिएको भन्दै कारण देखाऊ आदेशको जवाफसँगै सर्वोच्चको पूर्ण इजलासले सोधेको प्रश्नको पनि जवाफ दिइने उल्लेख छ । “श्री सर्वोच्च अदालतको मिति २०७९/०८/२१ पत्र संख्या ०७९/८० च.नं. ६३८ को पत्रमा यस सचिवालयको २०७९/०८/२१ मितिको च.नं. ७ को पत्रमा उल्लेखित विषयका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार सोधिएका विषयहरूको सम्बन्धमा संघीय संसद्का महासचिवले मिति २०७९/०८/२१ सर्वोच्च अदालतमा ‘तत्कालीन प्रतिनिधिसभामा २०७८ फागुन १ गते दर्ता, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको तर तत...
छलफलले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी

छलफलले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी

राजनीति
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् ।  महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन, केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० वर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रुपमा नै हिंसा अन्त्य गर्नका लागि घरघरबाटै अभियान चलाउनुपर्ने बताएकी हुन् ।  हिंसाको जरो घरभित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । मन्त्री रेगमीले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दललगायत हरस्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राखे । मन्त्री रेग्मीले हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन पनि अन...
जसपाबाट समानुपातिकमा को–को छानिए ? (सूचीसहित)

जसपाबाट समानुपातिकमा को–को छानिए ? (सूचीसहित)

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । शनिबार उनीहरूको नामावली बुझाएको हो । यही मंसिर ४ गते भएको निर्वाचन जसपा प्रतिनिधिसभामा छैटौँ दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको छ । प्रतिनिधिसभातर्फ जसपाबाट छानिएका सांसदको नामावली पढ्नोस्–१. प्रकाश अधिकारी २. सुशीला श्रेष्ठ ३. रेखा यादव ४. रञ्जु ठाकुर५. सहनाज रहमान । पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो । ...
कांग्रेस बैठकमा भनियो– अन्तर्घात भयो, कारबाही गर्नुपर्छ : समीक्षा बैठक माग

कांग्रेस बैठकमा भनियो– अन्तर्घात भयो, कारबाही गर्नुपर्छ : समीक्षा बैठक माग

राजनीति
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी समीक्षा बैठकको माग गरिएको छ । यही मंसिर ४ गते भएको निर्वाचनमा कतिपय क्षेत्रमा अन्तर्घात भएको भन्दै समीक्षा बैठक माग गरिएको हो । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा बैठक माग गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कतिपय पार्टी पदाधिकारीले समेत समीक्षा बैठक बोलाउनुपर्ने माग गरेका थिए । “केही साथीहरूले निर्वाचनमा अन्तर्घात भएको कुरो, अर्थात् छिटो समीक्षा बैठक बोलाउनु भनेर भने,” ती नेताले भने । समीक्षा बैठक माग गर्नेमा सहमहामन्त्रीद्वय महेन्द्र यादव, भीष्म आङदेम्बे, नेता विजयकुमार गच्छदारलगायत थिए । उनीहरूले निर्वाचन नतिजाको छिट्टै समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचनमा अन्तर्घात भएको भन्दै त्यसमा संलग्नलाई अनुशासनको कारबाही गर्नुपर्ने विषय बैठकमा उठाइ...