देउवा रणनीति– दलको चुनाव नहुँदै प्रधानमन्त्री !
काठमाडौं । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनले कुनै पनि दललाई बहुमत दिएन । यो परिणामले संविधान धारा ७६(१) अनुरूप सरकार बन्ने सम्भावनाको ढोका बन्द गरिदियो । त्यसैले धारा ७६(२) अनुसार दलीय गठबन्धनका आधारमा सरकार बनाउनुपर्ने बाध्यता दलहरूलाई आएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक प्रमुख दलहरुमा संसदीय दलको नेता छान्न सकस पर्ने देखिँदैन ।
दोस्रो दल नेकपा एमालेले चुनावअघिनै भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेकाले एमालेमा संसदीय दलका नेता उनलाई नै स्वीकार गरिसकेको देखिन्छ ।
नेकपा माओवादी केन्द्रमा त पार्टीको महाधिवेशन होस् वा संसदीय दलको चुनाव अध्यक्ष पुष्पकमल दाहालनै चाहेको अनुरुपनै हुँदै आएको छ । त्यसैले यसपटक पनि उनलाई संसदीय दलमा चुनौती दिने पात्र हालसम्म खडा भएका छैनन् ।
प्रतिनिधि सभामा सब...









