२०८३ असार २

देउवा सरकारको अध्यादेशलाई सांसद खरिदसँग तुलना




काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउन लागेको विषयमा चौतर्फी आलोचना भएको छ ।



Advertisement



नेकपा (एमाले) नेता डा. भीम रावलले सरकारको तयारीलाई नयाँ सरकार बनाउन सांसद खरिदसँग तुलना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सरकार बनाउने निहित स्वार्थमा लागेर अध्यादेश ल्याउन लागिएको उल्लेख गरेका छन् ।

“विगतमा प्रम पदकै लागि सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रीमण्डल बनाएको भनी शेरबहादुर देउवाको व्यापक विरोध भएको बिर्से झैं गरी चुनाव पछि अर्को सरकार बन्नुपर्ने बेला निहित स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनता प्रतिको धोका हो,” रावलले लेखेका छन् ।



आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहितका राजनीतिक दलका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउन लागेको हो ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूको मुद्दा पनि फिर्ता लिने तयारी गरेको छ ।

Copy link
Powered by Social Snap

Notice: fwrite(): write of 8192 bytes failed with errno=28 No space left on device in /www/wwwroot/symnetwork.com/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 42

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to verify temporary file contents for atomic writing. in /www/wwwroot/symnetwork.com/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:51 Stack trace: #0 /www/wwwroot/symnetwork.com/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /www/wwwroot/symnetwork.com/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 51