२०८२ चैत्र १२

राजनीति

नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

राजनीति
नागरिक उन्मुक्ति पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको हो। सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यही अनुसारको व्यवस्था गराएको संसद सचिवालयले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्। ‘हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्। संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष र प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस्ने ठाउ...
हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

राजनीति
नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त कार्की झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए। प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब ६० जनाको समर्थनमा कार्कीको दाबी पेश भएको थियो। सोही अनुसार कार्क...
सरकारलाई समर्थन माग गर्दै प्रचण्ड र ओलीबाट प्रस्ताव आएको छैन: महन्थ ठाकुर

सरकारलाई समर्थन माग गर्दै प्रचण्ड र ओलीबाट प्रस्ताव आएको छैन: महन्थ ठाकुर

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो। अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए। सरकारलाई समर्थन गर्नेबारे आधिकारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव नआएको बताए।‘सरकारलाई समर्थन गर्न माग गर्दै प्रचण्ड र ओलीबाट हामीलाई कुनै आधिकारिक प्रस्ताव आएको छैन,' उनले भने, 'हामी पुरानै गठबन्धनमा छौं, कांग्रेसले सरकारलाई समर्थन गर्छ कि प्रतिपक्षमा बस्छ हेर्दैछौं। कांग्रेसले पनि हामीसँग केही कुरा गरेको छैन।' उनल...
मुख्यमन्त्रीमा दाबी गर्न हिक्मत कार्की प्रदेश प्रमुखको कार्यालयमा

मुख्यमन्त्रीमा दाबी गर्न हिक्मत कार्की प्रदेश प्रमुखको कार्यालयमा

राजनीति
नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सत्ता साझेदार ४ दलले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्। एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका सांसदले केहीबेर अघि प्रदेश प्रमुख पर्शुराम खापुङसामू दाबी पेश गरेका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दललाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै थियो। झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए। एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ स...
सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेका छौं: परराष्ट्र सचिव पौडेल

सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेका छौं: परराष्ट्र सचिव पौडेल

राजनीति
परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रयत्नहरू जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन्। आइतबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रबीच सहमति जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरणसमेत दिए। सचिव पौडेलले सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको स्मरण गराए। उनले भने, ‘सार्कमा हामी अध्यक्ष छौं। तर, प्रक्रियाहरू अगाडि बढेनन् भन्ने कुरा छन्। यो बहुपक्षीयता र क्षेत्रियताका केही निश्चित सहमतिहरू हुन्छन्। त्यसमध...
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

राजनीति
सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो। सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो। कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य थिए। कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रव...
वाम एकताका लागि माओवादीले गर्‍यो कार्यदल गठन

वाम एकताका लागि माओवादीले गर्‍यो कार्यदल गठन

राजनीति
नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको महासचिव देव गुरूङले जानकारी दिए। टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्। यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ। महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन छ। ...
यो गठबन्धन कति टिकाउ छ यसै भन्न सकिन्न: माधव नेपाल

यो गठबन्धन कति टिकाउ छ यसै भन्न सकिन्न: माधव नेपाल

राजनीति
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कति टिकाउ हुन्छ भन्ने यतिकै भन्न नसकिने बताएका छन्।  शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।  उनले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरूको सम्बोधन हुनेगरी वर्तमानको सरकार अघि बढ्‍नुपर्ने बताए। तर यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न नसकिने उनले बताए।  ‘अहिले हाम्रो देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको छ। यसबीचमा नाटकीय परिवर्तनहरू भए। एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो,’ उनले भने, ‘यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन। हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस्।’ ...
जसपाले सरकारलाई विश्वासको मत दिने

जसपाले सरकारलाई विश्वासको मत दिने

राजनीति
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ। आफूहरूले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको भन्दै जसपाले सरकारलाई समर्थन गर्ने बताएको हो। 'गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छ', जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने विषयमा जसपाको असहमति रहेको जनाएको छ।पार्टीका मूलभूत सिद्धान्तहरूको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको जसपाले जनाएको छ। 'नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूतिजस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ', जसपाले भनेको छ, 'यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने...
सर्वोच्च बारमा मतदान सम्पन्न

सर्वोच्च बारमा मतदान सम्पन्न

राजनीति
सर्वोच्च बार एशोसिएशनको ३४औं नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरू भएको मतदान सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको थियो। नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धामा छन्। दुई समूह आ-आफ्नो समूहको प्यानलसहित निर्वाचनमा होमिएका थिए। निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवार छिन्।  यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले छन्। सचिवमा लोकतान्त्रिकबाट कल्याण ...