मुख्यमन्त्रीमा दाबी गर्न हिक्मत कार्की प्रदेश प्रमुखको कार्यालयमा
नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सत्ता साझेदार ४ दलले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्।
एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका सांसदले केहीबेर अघि प्रदेश प्रमुख पर्शुराम खापुङसामू दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दललाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै थियो।
झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए।
एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ स...









