२०८२ चैत्र ११

राजनीति

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

राजनीति
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। मंगलबार कुराकानी गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए। ‘राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा छ, बस्छ। यो सरकारलाई विश्वासको मत दिँदैन,’ उनले भने। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता साझेदार ७ दलसहित एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेका छन् भने नेपाली कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन। ...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने

राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ। उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई समर्थन दिएजसरी नै प्रदेशमा एमालेलाई समर्थन गर्न लागिएको हो। समर्थनमा दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको ती पदाधिकारीले बताए। उन्मुक्ति पार्टीको समर्थन पाएसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।   सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबारसम्मको समय छ। सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, न...
लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिए। लोसपाले निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई ९ दलले विश्वासको मत दिने भएका छन्। संसदमा लोसपाका चार जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा आजै निर्णय गर्ने भएको छ। ...
पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

राजनीति
जनता समाजवादी पार्टी (जसपा) ले पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ। जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए। ‘सरकारले पुस २७ गते विदा दिने निर्णय जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनको मर्मविपरीत छ,’ यादवले भने,‘विदालाई न्यूनतम साझा कार्यक्रमको अंगको रूपमा मान्नु हुँदैन।’ पुस २७ गते विदा दिने निर्णय भएमा मात्रै सरकारलाई विश्वासको मत दिने राप्रपाले शर्त राखेको थियो। राप्रपाकै दबाबका कारण सरकारले विदा दिने निर्णय गरेको हो। ...
बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले शपथ लिएका छन्। मंगलबार जम्कट्टेलसँगै एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले ११ मन्त्री बनाउने तयारी गरेका छन्।  ...
प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा गएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ। ...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दल बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दल बैठक बस्दै

राजनीति
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ। दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेकोले के गर्ने भन्ने विषयमा आज संसदीय दलमा छलफल गरी निर्णय गर्ने तयारीमा कांग्रेस छ। कांग्रेसभित्र प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने‍ आवाज पनि उठेको छ। उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेललगायत प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने अडान राखिरहेका छन्। सभापति देउवा पक्ष प्रतिपक्षी भूमिकामा ब...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। ७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए। केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश...
स्ववियु चुनावमा जान नेविसंघको आनाकानी

स्ववियु चुनावमा जान नेविसंघको आनाकानी

राजनीति
२५ पुस, काठमाडौं । सत्ता गठबन्धनको लगाम कांग्रेसबाट फुत्किएपछि त्यसको असर नेपाल विद्यार्थी संघमा परेको छ । माउ पार्टी गठबन्धनविहीन हुँदा नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्य संगठनसँग सहकार्य गर्ने अवसर गुमाएको छ । कांग्रेसको नेता उत्पादन गर्ने ‘कारखाना’ का रुपमा परिचित नेविसंघ गठबन्धन भाँडिएपछि स्ववियु निर्वाचनमा जान हिच्किचाइरहेको छ । माउ पार्टीका कारण नेविसंघ भद्रगोल अवस्थामा छ । नियमित अधिवेशन हुन सकेको छैन । कतिपय क्याम्पसमा समानान्तर समिति छन् । पार्टीभित्रका गुटहरु विद्यार्थी संगठनमा हाबी हुँदा संगठन चलायमान हुन सकेको देखिँदैन । संगठन गतिशील नहुनु तथा सत्ता गठबन्धन टुटेको सीधा असर आसन्न स्ववियू निर्वाचनमा देखिने आकलनले स्ववियू निर्वाचनप्रति संघले रुचि कम देखाएको छ । आत्मबल कमजोर भएकै कारण नेविसंघले शर्त अघि सारेको विश्लेषण हुन थालेको छ । ‘स्व...
<strong>गण्डकीका अर्थमन्त्रीले प्रस्तुत गरे प्रदेशको आर्थिक अवस्था</strong>

गण्डकीका अर्थमन्त्रीले प्रस्तुत गरे प्रदेशको आर्थिक अवस्था

राजनीति
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले राजस्व बढाउनुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री बरालले राजस्व वृद्धिले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने बताएका हुन् । “यहाँहरूलाई स्मरण नै छ । हाम्रो यो प्रयासलाई विभिन्न रूपमा गलत मनसाय प्रेरित प्रचार पनि भए । यसका बाबजुद हामीले दृढतापूर्वक गरेको पहलकदमीले चालु आवको अन्त्यसम्म प्रदेश सरकारको राजस्वमा तुलनात्मक हिसाबले गुणात्मक वृद्धि हुने निश्चितप्राय छ । जसले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने नै छ,” उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । गण्डकीमा आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा क्रमश: दुई अर्ब ३७ करोड ९८ लाख, दुई अर्ब ४१ करोड ४ लाख, तीन अर्ब २१ करोड २३ लाख, तीन अर्ब ८० करोड ८५ लाख रुपैयाँ आन्...