२०८१ बैशाख ७

यो कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित : प्रचण्ड





काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन् । 


Advertisement


मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यसपटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताए । 



उनले सबै मिलेर देश बनाउनुपर्ने धारणा राखे । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चुनौतीपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगायतका समस्या समाधान गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समुदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिँदै मारवाडी समुदायका विभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए । 

Copy link
Powered by Social Snap