२०८२ पुष २

राजनीति

महानगर दिवसका दिन मृगौला स्वास्थ्य जनचेतना अभियानको घोषणा

महानगर दिवसका दिन मृगौला स्वास्थ्य जनचेतना अभियानको घोषणा

देश, राजनीति, समाचार, स्वास्थ्य
२८ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आज २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो । ‘काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ शाक्यले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’ ...
शंकर पोखरेल प्रचण्ड को घर धाउँदै

शंकर पोखरेल प्रचण्ड को घर धाउँदै

देश, राजनीति, समाचार
२७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल दिउँसो १२ बजेतिर खुमलटार पुगेका थिए दुई नेताबीच करिव आधा घण्टा कुराकानी भएको छ । Advertisement स्रोतका अनसार प्रचण्डसँग भोलि विहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गर्ने तय भएको छ । पोखरेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् । सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपालबीच सहमति भइसकेकेा छैन । यो अवधिमा ओली र प्रचण्ड बीच एक पटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको छ । बुधवार...
नयाँ वर्ष रुबीभ्यालीमा गाडी पुग्छ

नयाँ वर्ष रुबीभ्यालीमा गाडी पुग्छ

देश, राजनीति, समाचार
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पु¥याइने बताएका छन् ।  मन्त्री फुयाँलले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।  Advertisement मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा (सबैभन्दा पुछारमा) स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे । ‘रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका...
नेकपाको काँधमा समाजवाद उन्मुख राज्य निर्माणको : प्रचण्ड

नेकपाको काँधमा समाजवाद उन्मुख राज्य निर्माणको : प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको बताएका छन् ।  नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।  अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफलहरु त्यहि समाजवादतिरको यात्राका लागि हुन् । समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।” Advertisement ...
काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज

काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजेका लागि बैठक बोलाइएको छ। स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।  साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए ।  Advertisement ...
गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

देश, राजनीति, समाचार
सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । Advertisement गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । विहीबारकै मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ।  साभार: रातोपाटी ...
नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

देश, राजनीति, समाचार
काठमाडौं । भारतीय विदेश विभागका प्रमुख विजय चौथाइवाले दुई दिने नेपाल भ्रमणमा आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा नेपाल आएका उनले आज प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेका छन् । दुई देशका सत्तारुढ दल समेत रहेका पार्टीबीच सम्बन्ध प्रगाढ बनाउनका लागि चौथाईवालेलाई नेकपाले नेपाल बोलाएको बताइएको छ । तर भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको कुरा नेकपा विदेश विभागको जानकारीमा छैन । विदेश विभागका उपप्रमुख विष्णु रिजालले भाजपाका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएको जानकारी नेकपाका विदेश विभागलाई नरहेको बताए ।  स्रोतका अनुसार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको निर्देशनमा पार्टीका महासचिव विष्णु पौडेलले पत्र लेखेर विदेश विभागका प्रमुख चौथाइवालालाई नेपाल बोलाएका छन्...
नेकपा कार्यकर्ता पदम बोहराले तोडे अनशन

नेकपा कार्यकर्ता पदम बोहराले तोडे अनशन

देश, राजनीति, समाचार
कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् । उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोराले जुस पियाएर अनशन तोडाएका हुन् ।  अनशन तोडाउने क्रममा प्रदेश अध्यक्ष थापाले बोहरालाई ‘तपाईले राखेका माग जायज रहेको र मागका बारेमा केन्द्रमा छलफल गर्ने आश्वासन दिएका थिए । Advertisement नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा यही मंसिर २१ गतेदेखि ५ बुँदे माग राख्दै बोहोरा अनशनमा थिए । उनले पार्टी विभाजन कुनै पनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प...
मन्त्री परिषद बैठक को नयाँ निर्यण

मन्त्री परिषद बैठक को नयाँ निर्यण

देश, राजनीति, समाचार
काठमाडौं । विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक भएको छ ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु बुधबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् । मंसिर १५ गते बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि पुस १० गते सम्म रहेकोमा एक वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय समेत गरेको छ । Advertisement सान्जेन ...
ठूला साना सबै भ्रषटाचार अपराध हुन

ठूला साना सबै भ्रषटाचार अपराध हुन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो  वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको जनाए ।  प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए । “वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ । देशको आर्थिक–सामाजिक रु...