प्रधानमन्त्री कदम विरुद्ध दोस्रो रिट दायर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् बिस्तार बिरुद्ध आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको यो दोस्रो रिट हो ।
Advertisement
मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै हिजै मात्र अधिवक्तात्रय केन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम प्रतिषेध, उत्प्रेषणरपरमादेश लगायत, उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊँ भनेर आज रिट दायर गरेका हुन् ।
मन्त्रिपरिषद्को हेरफेर र बिस्तार गर्दा संविधानको दुराशययुक्त एवं कपटपूर्ण प्रयोग गरिनुका साथै संविधानको धारा २,७४, ७७ (१) (ग) एवं ७७ (३) को पूर्ण बर्खिलाफ रहेकोले त्यो क...









