२०८१ बैशाख २३

यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

काठमाडौं । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनमा विभिन्न कारण प्रस्तुत गरेका छन् । बुधबार साँझ. सामाजिक संजाल फेसबुकमार्फत नेकपा स्थायी समिति सदस्य पोखरेलले ८ कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको खुलासा गरेका हुन् ।

सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्याएको उनको भनाइ छ । 


Advertisement


पोखरेलको नजरमानेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाउनुको पहिलो कारण  सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्ना हो ।

सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनालेलाई पाखरेलले दास्रो कारणका रुपमा लिएका छन् ।यस्तै उनले तेस्रो कारणका रुपमा विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुलाई देखेका छन् ।

सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनालाई संसद विघटनको चथौँ कारण भनेका छन् । पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानु पाँचौँ कारण भएको पोखरेलको बुझाइ छ ।

पोखरेलका अनुसार पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदीय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले पनि छैटौँ कारण हो ।

पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समूहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाएको उनको सातौँ ठहर छ ।

यस्तै पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गम्भीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आठौँ आधार तथा कारण वन्न पुगेको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफूहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि भन्दै पोखरेलको प्रश्न छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap