२०८१ बैशाख २१

राजनीति

ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् । Advertisement ‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’ उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्न...
बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ । Advertisement शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो । प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या...
द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए ।   उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्वपीडित रहेको उल्लेख गर्दै भने,  “जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पीडा उस्तै उस्तै छन् ।” Advertisement ...
काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साताका लागि तय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । Advertisement उनका अनुसार बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तावित महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै विहीबारको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । हिजो प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ । गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा नि...
निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

देश, राजनीति, समाचार
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान गरेको छ । निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले मताधिकारको उपयोग गर्न पाएको गौरवमय दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ साल देखि प्रत्येक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन प्रारम्भ गरे बमोजिम आज हामी “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने  मुल नाराका साथ पाँचौ निर्वाचन दिवस, २०७७ मनाउन गइरहेका छौ । यस महत्वपूर्ण अवसरमा म सम्पूर्ण नेपाली मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू प्रति हार्दिक शुभकामना  व्यक्त गर्दै आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्...
मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ । Advertisement मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्...
तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पारे ।  मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गरे । प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि...
पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

देश, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ रहेको बताएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ । संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे । मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफुले...
देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । Advertisement मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।  साभार: रातोपाटी ...
प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

देश, राजनीति, समाचार
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । Advertisement कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ । अबको १० दिन सो समूहले विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ । सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । Credit: OnlineKhabar ...