२०८२ पुष ५

राजनीति

शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

देश, राजनीति, शिक्षा, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको पनि बताइन्  । Advertisement राष्ट्रपतिले भण्डारीले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको ठूलो भूमिका हुन्छ । विद्यालय र सामाजिक सङ्गठनले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ । सरकारका सम्बन्धित निकायले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।” उनले नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्न नीतिग...
प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका हुन् ।  उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका छन् ।  मिया हज कमिटीका पूर्व अध्यक्ष पनि हुन् ।  Advertisement ​मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहमा फर्किनुका कारण खुलाएका छन् । उनले भनेका छन्,‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुर...
सत्ताको गठबन्धनबारे संसदमै पुगेपछि निर्णय हुन्छ : शशांक कोइराला

सत्ताको गठबन्धनबारे संसदमै पुगेपछि निर्णय हुन्छ : शशांक कोइराला

देश, राजनीति, समाचार
हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारका लागि गठबन्धन बनाउन काँग्रेसलाई अहिले हतार भएको बताएका छन् । हेटौंडामा शनिबार रेडियो मकवानपुरको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेकपाको ओली पक्ष वा प्रचण्ड–माधव पक्षसँग गठबन्धन गर्ने भन्नेबारे काँग्रेसले अहिले निर्णय लिइसकेको बताए । सोच विचार गरेरमात्र काँग्रेसले सहकार्य गर्ने उनको भनाइ थियो । अहिले काँग्रेसले नेकपाको कुनै पक्षबारे निर्णय नलिएको उल्लेख गर्दै उनले सदनमा उनीहरुको प्रस्तुतिको आधारमा काँग्रेसले आफ्नो रणनीति बनाउने प्रस्ट पारे । Advertisement ‘नेपाली काँग्रेस अहिले अत्यन्त महत्वपूर्ण र संवेदनशील ठाउँमा उभिएको छ, न हामी ओलीजी को पक्षमा उभिएका छौं, न त प्रचण्ड–माधवजीको पक्षमा उभिएका छौं, हाउसमा जुन किसिमको रिप्रजेन्टेशन हुन्छ, त्यसैको आधार...
सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए । उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’ Advertisement ...
ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

देश, राजनीति, समाचार
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज  नै नरहेको आरोप लगाएका छन । शनिवार  प्रचण्ड नेपाल पक्षको नेकपा गुल्मी जिल्ला पार्टीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता बिष्टले यस्तो आरोप लगाएका हुन् । नेता बिष्टले  भने, ‘पार्टी एकता गर्दा केपी ओलीले साढे दुई बर्ष र प्रचण्डले साढे दुई बर्ष आलोपालो सरकार चलाउने सहमति भएको थियो । तर प्रचण्डले ठीकै छ ५ बर्ष पुरै कार्यकाल तपाईंले  प्रधानमन्त्री चलाउनुस् म पार्टी चलाउँछु भनेर प्रधानमन्त्रीको कुर्सी सुम्पिने उनै प्रचण्डलाई भनिँदै छ पदको लोभी भनेर । ’ Advertisement ओलीलाई  प्रधानमन्त्रीको कुर्सी सुम्पिने प्रचण्ड पदको लोभीकी ...
अब फैसला संसदबाटै: मन्त्री भट्ट

अब फैसला संसदबाटै: मन्त्री भट्ट

राजनीति, समाचार
मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएकाले अब संसदबाटै जित वा हारको फैसला हुने बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले पार्टीभित्रकै व्यक्तिहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देखेर ताजा जनादेशका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए । Advertisement नेकपा ओली समूहमा रहेका उनले भने, ‘पार्टीभित्रै प्रतिपक्ष जन्मियो र उक्त प्रतिपक्षले नेतृत्वमाथि नै अविश्वास प्रस्ताव ल्याउने तयारी गर्दैगर्दा प्रधानमन्त्रीज्यूले ताजा जनादेशका लागि जनतासमक्ष जाने भन्दै संसद विघटन गर्नुभएको थियो ।’ यद्यपि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नमा आफ्नो नेतृत्वलाई कुनै समस्या नरहेको उन...
सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ईश्वर पोखरेलको चुनौती

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ईश्वर पोखरेलको चुनौती

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिए । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए । Advertisement अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताए  । उनले भने, ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । केपी ओली संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्...
पाँच जिल्लाका प्रहरी प्रमुख फेरिए, गोरखामा शेखर खनाल

पाँच जिल्लाका प्रहरी प्रमुख फेरिए, गोरखामा शेखर खनाल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ ।  जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ ।  Advertisement बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ । बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ ।  एसपी पल्ली मगर नुवाकोटको प्रमुख हुँदा गिट्टी, बालुवाका ठेकेदारसँग मिलेर आर्थिक अनियमिता गरेको आरोपमा तानिएका थिए । साभार: रातोपाटी ...
सरकार विचलित छैन : प्रवक्ता गुरुङ

सरकार विचलित छैन : प्रवक्ता गुरुङ

देश, राजनीति, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् । साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औँ जन्मजयन्तीका अवसरमा आज  आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताए । Advertisement “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन”, सरकारका प्रवक्ता गुरुङले भने, “राष्ट्र र राष्ट्रियताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पु¥याउने काम गर्नेछ ।” उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुन...
सेनाले आफ्नो पूर्व तयारीको लागि आवश्यक पर्ने सूचना सङ्कलन गर्छ : सेनाका प्रवक्ता पौडेल (अन्तर्वार्ता)

सेनाले आफ्नो पूर्व तयारीको लागि आवश्यक पर्ने सूचना सङ्कलन गर्छ : सेनाका प्रवक्ता पौडेल (अन्तर्वार्ता)

देश, राजनीति, समाचार
काठमाडौं । सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ । यो खबर मिडियाहरुमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । यसै विषयमा न्यूज एजेन्सी नेपालले सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग कुराकानी गरेको छ । कुराकानीमा प्रवक्ता पौडेलले सेनाले आफ्नो कार्य सम्पादनको लागि सूचना सङ्कलन गर्ने भएकोले अन्य संयन्त्रको काममा अन्तरविरोध नहुने स्पष्ट पारेका छन् । केही दिन यता मिडियामा सैनिक गुप्तचरीको विषयमा समाचार आएपछि द्विविधाहरू उत्पन्न भएका छन् । यो विषय के हो ?   सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्...