२०८२ चैत्र १३

राजनीति

‘केपी ओलीको अर्को सेटिङ पनि भत्किँदैछ’

‘केपी ओलीको अर्को सेटिङ पनि भत्किँदैछ’

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उनले बताए ।  Advertisement उनले भने, ‘अर्को सेटिङ पनि भत्किँदैछ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समय भित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारि...
यो लडाई लोकतन्त्र भर्सेस निरंकुशतन्त्रको हो: माधव नेपाल

यो लडाई लोकतन्त्र भर्सेस निरंकुशतन्त्रको हो: माधव नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् ।  सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय ककर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेपछि यस्तो निश्कर्ष निकालेको बताए ।  उनले केपी शर्माओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्था आएको बताए ।  हिटलरले पनि लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लादेको भन्दै त्यस्तो प्रवृत्ति नेपालमा रहनु नहुने बताए । ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन’ अध्यक्ष नेपालको भनाई छ ।  Advertisement ...
प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

देश, राजनीति, समाचार
नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ।  सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको छ ।  पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा  बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।  Advertisement प्रचण्ड–नेपाल पक्षका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र गंगालाल तुलाधरले एक सूचनामार्फत पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर गरेका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ ।  साभार: रातोपाटी ...
प्रधानमन्त्रीले भोलि पोखरा रङ्गशालाको निरीक्षण गर्ने

प्रधानमन्त्रीले भोलि पोखरा रङ्गशालाको निरीक्षण गर्ने

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।  उनका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने छन् । Advertisement सिलवालले राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहेका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्मा...
ओलीको पक्षमा उभिएर सांसदहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गर्ने छैनन् : योगेश भट्टराई

ओलीको पक्षमा उभिएर सांसदहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गर्ने छैनन् : योगेश भट्टराई

देश, राजनीति, समाचार
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ गर्न छाडेर पद त्याग्नु पर्ने बताएका छन् । आइतवार जनकपुरधाममा प्रेस संगठन नेपालको प्रदेश नम्बर २ को प्रदेश भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको वरिपरी रहेकाहरुले उचाल्ने गरेकाले उनी अहिले पनि भ्रममा रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीको हठको कारणले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी समानुपातिक समेत व्यवहारमा कार्यान्वयन रहेको अवस्थामा पनि जुनसुकै बेला समाप्त पार्न सक्ने सम्भावना प्रबल रहेको बताए । Advertisement उनले प्रदेश नम्बर २ का जनताले ओली सरकारलाई जतिबेला पनि खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संघीयता मधेसी जनताको देन रहेकोले प्रतिगामी सरकारले वर...
शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

देश, राजनीति, शिक्षा, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको पनि बताइन्  । Advertisement राष्ट्रपतिले भण्डारीले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको ठूलो भूमिका हुन्छ । विद्यालय र सामाजिक सङ्गठनले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ । सरकारका सम्बन्धित निकायले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।” उनले नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्न नीतिग...
प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका हुन् ।  उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका छन् ।  मिया हज कमिटीका पूर्व अध्यक्ष पनि हुन् ।  Advertisement ​मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहमा फर्किनुका कारण खुलाएका छन् । उनले भनेका छन्,‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुर...
सत्ताको गठबन्धनबारे संसदमै पुगेपछि निर्णय हुन्छ : शशांक कोइराला

सत्ताको गठबन्धनबारे संसदमै पुगेपछि निर्णय हुन्छ : शशांक कोइराला

देश, राजनीति, समाचार
हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारका लागि गठबन्धन बनाउन काँग्रेसलाई अहिले हतार भएको बताएका छन् । हेटौंडामा शनिबार रेडियो मकवानपुरको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेकपाको ओली पक्ष वा प्रचण्ड–माधव पक्षसँग गठबन्धन गर्ने भन्नेबारे काँग्रेसले अहिले निर्णय लिइसकेको बताए । सोच विचार गरेरमात्र काँग्रेसले सहकार्य गर्ने उनको भनाइ थियो । अहिले काँग्रेसले नेकपाको कुनै पक्षबारे निर्णय नलिएको उल्लेख गर्दै उनले सदनमा उनीहरुको प्रस्तुतिको आधारमा काँग्रेसले आफ्नो रणनीति बनाउने प्रस्ट पारे । Advertisement ‘नेपाली काँग्रेस अहिले अत्यन्त महत्वपूर्ण र संवेदनशील ठाउँमा उभिएको छ, न हामी ओलीजी को पक्षमा उभिएका छौं, न त प्रचण्ड–माधवजीको पक्षमा उभिएका छौं, हाउसमा जुन किसिमको रिप्रजेन्टेशन हुन्छ, त्यसैको आधार...
सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए । उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’ Advertisement ...
ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

देश, राजनीति, समाचार
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज  नै नरहेको आरोप लगाएका छन । शनिवार  प्रचण्ड नेपाल पक्षको नेकपा गुल्मी जिल्ला पार्टीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता बिष्टले यस्तो आरोप लगाएका हुन् । नेता बिष्टले  भने, ‘पार्टी एकता गर्दा केपी ओलीले साढे दुई बर्ष र प्रचण्डले साढे दुई बर्ष आलोपालो सरकार चलाउने सहमति भएको थियो । तर प्रचण्डले ठीकै छ ५ बर्ष पुरै कार्यकाल तपाईंले  प्रधानमन्त्री चलाउनुस् म पार्टी चलाउँछु भनेर प्रधानमन्त्रीको कुर्सी सुम्पिने उनै प्रचण्डलाई भनिँदै छ पदको लोभी भनेर । ’ Advertisement ओलीलाई  प्रधानमन्त्रीको कुर्सी सुम्पिने प्रचण्ड पदको लोभीकी ...