केन्द्रमा देउवा : चिनियाँ र भारतीय राजदूतले गरे ‘वान टू वान’ वार्ता
काठमाडौं । नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरुले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेको खुलेको छ ।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै १२ गते चिनियाँ राजदूत यान्छी देउवा निवास बूढानीलकण्ठ पुगेकी थिइन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग भेटपछि राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेको काँग्रेस स्रोतले जनाएको छ ।
Advertisement
चिनियाँ दूतावासका एक जना प्रतिनिधिले काँग्रेस नेता डा. नारायण खड्कालाई भेटेर देउवासँग भेट तय गरेका थिए । यद्यपि यान्छीले नै देउवासँग वान टू वान वार्ता गरेकी थिइन् ।
त्यसो...








