तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल
उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए ।
Advertisement
अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनुभयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए ।
उत्तरी नाकाबाट...









