२०८२ पुष ६

राजनीति

‘नेकपा’ नामको विवादमा फैसला आज

‘नेकपा’ नामको विवादमा फैसला आज

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रवार निर्णय सुनाउँदै छ ।  फागुन १३ मा सर्वोच्च अदालतले फागुन २० मा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि पेशी सरेको थियो ।  ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।  Advertisement न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको अन्तिम सुनुवाई गरेका हुन् ।  आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर ...
प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा गएर दिपावली गर्न र लड्डु खान आग्रह गरेका छन् । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिबेला पायो त्यतिबेला लड्डु खाने गरिएको भन्दै यस्तो खुसीयालीमा चाहिँ लड्डु खानुपर्ने बताए ।  ‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । खुसीको बेला खानुपर्छ,यहाँ त लड्डु ल्याइएन आज तर घरघरमा दिपावली गर्दै लड्डु ल्याएर खाए हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई छ ।  Advertisement उनले मेलम्चीको पानी ल्याउने क्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै मेलम्चीको पानी ल्याएकोमा खानेपानी मन्त्री मणि थापालाई ‘भाग्यमानी’ मन्त्रीको संज्ञा दिए । सरकारले विकासका ठूलाठूला काम तीव्र गतिमा गरेको देखेर आफ्नै पार्टीका नेताहरु सरकार...
संसदीय दलको बैठकमा ओलीले दिए सांसदहरुलाई यस्तो निर्देशन

संसदीय दलको बैठकमा ओलीले दिए सांसदहरुलाई यस्तो निर्देशन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने दावी गर्दै सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताएको उनको भनाइ छ । उनले भने, ‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ । २४ जना र...
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

देश, राजनीति, समाचार
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहेका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी कान्तिपुर दैनिकसँग आवद्ध छन् ।   प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाइ तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गरेका थिए ।   वि.स २०७२ मा चलचित्र भिमदत्तको विशेष प्रदर्शनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु. ७५ हजार राशिको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत भएका ...
रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरे : प्रधानमन्त्री

रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरे : प्रधानमन्त्री

देश, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको मोतीपुरमा विकास विरोधीले ढुंगामुढा गरेको आरोप लगाएका छन् । औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा अवरोध पुर्‍याउन खोज्नेहरू विकास विरोधी भएको उनले बताए । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही विकास विरोधी तत्वहरूले त्यहाँ वितण्डा मच्चाउने, ढुंगामुढा गर्ने, कार्यक्रम विथोल्ने, औद्योगिक क्षेत्र बन्न नदिने प्रयास गरे, रुपन्देहीमा तर विकासका कामहरू अघि बढीरहेका छन् ।’ Advertisement विवादकै कारण शिलन्यास एक हप्ता ढिलो भएको प्रधानमन्त्रीले बताए । स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलन्यास गरेका छन् । सरकारले प्रभावितह...
ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए । आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ।’ उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गरे । ...
ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्राण

ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्राण

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् । Advertisement नेकपा ८७ सांसद  प्रचण्ड  नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् । ओली पक्षले प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरेको हो ।  साभार: रातोपाटी ...
काँग्रेस पदाधिकारी बैठक : राजनीतिक निकासका लागि प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुनुपर्छ

काँग्रेस पदाधिकारी बैठक : राजनीतिक निकासका लागि प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला,  अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए । Advertisement वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफ...
सुनको आपूर्ति बढाउन पहल गर्ने सरकारको प्रतिबद्धता

सुनको आपूर्ति बढाउन पहल गर्ने सरकारको प्रतिबद्धता

देश, राजनीति, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए ।  Advertisement त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्...
प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ, १ सय २६ जना जेलमा

प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ, १ सय २६ जना जेलमा

देश, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।  त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता रहेको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।  Advertisement मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् । यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । सरकार र विप्लव समूहको बीचमा भएको वार्तापछि उनीहरु विरुद्धको मुद्दा खारेज गर्ने सहमति भएको छ ।  प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लड...