२०८२ पुष ६

राजनीति

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

देश, राजनीति, समाचार
\ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ ।  जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । Advertisement जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छलफल भएको थियो । जसपाका शीर्ष नेताहरु संसदीय दलको बैठक सकेर देउवा निवास लागेका थिए । सत्ता सहकार्यका लागि जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ । जसपाका नेताहरुला...
महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?

महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?

देश, राजनीति, समाचार
२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसका पदाधिकारीसँग छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यो खबर पत्रकारको मुखबाट पहिलो पटक सुनेको टिप्पणी गरे । Advertisement ‘तपाईंहरुको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन’ ठाकुरले भने । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’ शुक्रबार जनता सामाजवादी पार्टीको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले भने आफूहरुकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको बताएका थिए । ‘नेपालमा पर्सेप्सन नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो, कसलाई समर्थन गर्दै हुनुहुन्छ...
केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मिति टुङ्गो लगाउने तयारी भएको छ । त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाएका छन् । Advertisement उपमहासचिव विष्णु पौडेलले शुक्रबार शीर्ष नेताबीच छलफल भएपछि बैठकको टुङ्गो लाग्ने बताए । ‘आज छलफल हुँदैछ । त्यसपछि थाहा होला’, पौडेलको भनाइ छ । गत २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामा...
मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

देश, राजनीति, समाचार, सामाजिक
२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई नसमातिकन कुनै काम गराउन सकिन्न ।’ वीरगञ्ज महानगरपालिका कार्यालयले वीरगञ्ज–२६ सुगौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पटेलले कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुने गरेको आरोप लगाए । Advertisement सार्वजनिक सुनुवाइ सुरु हुनु अघि समयान्तर मिडिया प्रालिले नागरिक र बर्हिगमन अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा नगरको सेवा प्रवाह राम्रो रहेको र थोरै मात्र सुधार गर्नुपर्ने निष्कर्ष आएक...
शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

देश, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागिपर्ने बताएका हुन् । शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने भन्दै उनले शिक्षाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । Advertisement मुख्यमन्त्री पौडेलले निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसासमेत गरे । इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै उनले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा अझ सशक्त रुपमा ...
संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

देश, राजनीति, समाचार
२७ फागुन, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्‍याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए । Advertisement ०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो । ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ । वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए । नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुह...
कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

देश, राजनीति, समाचार
२६ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली गरिब नभई बनाइएको बताएका छन् । कुनै वेला मुलुककै सम्पन्न शाली कर्णालीको भूमी अहिले गरिबीको चपेटामा परेको उनको तर्क छ । सुर्खेतको बुलबुले उद्यानमा बुधबारबाट देखिसुरु भएको कर्णाली उत्सवको दोस्रो संसकरणमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली एउटा इतिहास नै भएकाले त्यही अनुसार बुझ्नुपर्ने धारणा राखे । Advertisement ‘कर्णालीको इतिहास विशाल छ, कर्णालीसँग आफ्नै विशेष भाषा छ, संस्कृति छ, संस्कार छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले गरिबीको गीत गाइने कर्णाली कुनैवेला देशलाई नै खाद्यन्न दिन्थ्यो, कर्णाली गरिब थिएन्, गरिब बनाइयो ।’ मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने समेत धारणा राखे । ‘भो अब, कर्णाली पछि पारियो भनेर केन्द्रलाई गा...
प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

देश, राजनीति, समाचार, सामाजिक
जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए । प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ । Advertisement यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समी...
सत्ता समीकरणको लागि लूम्बिनी प्रदेशमा काँग्रेसले बनायो कार्यदल

सत्ता समीकरणको लागि लूम्बिनी प्रदेशमा काँग्रेसले बनायो कार्यदल

देश, राजनीति, समाचार
बुटवल । सर्वोच्च अदालतले सत्तासीन ‘नेकपा’लाई पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काइ दिएपछि प्रदेशमा हलचल सुरु भएको छ । अदालतको निर्णयले  एमाले र माओवादी बन्नुपर्ने अवस्था आएपछि एमाले नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिनुपर्ने भएको छ । सरकारमा सम्मिलित माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार पोखरेललाई जोगाउन तीन आवश्यक छ । योसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणको खेल सुरु भएको छ । लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता समीकरण लगायतका विषयमा अरु दलसँग छलफल गर्न  आज कार्यदल गठन गरेको छ । काँग्रेस प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । फागुन २३ गते आएको नेकपा सम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको नेपाली काँग्रेसका लु...
सहजै संसद चलाउन सभामुखले थाले परामर्श

सहजै संसद चलाउन सभामुखले थाले परामर्श

देश, राजनीति, समाचार
काठमाडौैं । प्रतिनिधि सभाको सातौँ अधिवेशन सुरु भएको पहिलो दिनकै बैठक सांसदहरुले अवरुद्ध र बहिस्कार गरेपछि सभामुख अग्नि सापकोटाले आन्तरिक परामर्श गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुख सापकोटाले दलका नेताहरुसँग संसद सहज ढंगले चलाउने विषयमा कुराकानी गरेका हुन् । Advertisement ‘शून्य समयको व्यवस्था गर्दै शीर्ष नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सुचारु गर्ने पक्षमा सभामुख लाग्नुभएको छ । त्यसका लागि संसद सचिवालयका साथै दलका नेताहरुसँग परामर्श जारी छ,’ सभामुख सापकोटाको निजी सचिवालयका एक सदस्यले भने, ‘सभामुखले आफ्नो तर्फबाट गर्नुपर्ने पहलमा कुनै कुराको बाँकी राख्नुभएको छैन ।’ पहिलो दिन कार्यसूचीप्रति आपत्ति जनाउदै सांसदहरुले बैठक बहिस्कार र अवरुद्ध गरेका थिए । साभार: रातोपाटी ...