२०८२ चैत्र १३

राजनीति

पूर्व राजपाको छुट्टै बैठक इन्द्रेणीमा

पूर्व राजपाको छुट्टै बैठक इन्द्रेणीमा

देश, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बैठक स्थगित भएपछि पूर्व राजपा नेपालको बैठक सुरु भएको छ । कार्यकारिणी समितिको बैठकमा भाग लिन बाहिर जिल्लाबाट आएका आफ्ना पक्षका नेताहरूसँग छलफल गर्न पूर्व राजपाले बैठक बोलाइएको हो । Advertisement पूर्व राजपा नेपालका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाको माग पुरा गर्न तयार भएको हुनाले उसैलाई सहयोग गर्नु पर्ने पक्षमा छन् भने समाजवादी पार्टीले ओली प्रतिगमनकारी भएको भन्दै सत्तामा साथ दिन नहुने अडान लिँदै आएको छ । साभार: रातोपाटी ...
माधव–झलनाथ पक्षले ओलीविरुद्ध कस्तो योजना बनाउदैछ ?

माधव–झलनाथ पक्षले ओलीविरुद्ध कस्तो योजना बनाउदैछ ?

देश, राजनीति, समाचार
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबारै सकिँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षलाई पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ यो पक्षले बुधबारबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलाले आगामी तीन महिने अभियानसहितको रणनीति तर्जुमा गर्ने नेताहरुको भनाइ छ । जुन रणनीति तल्लो तहसम्म पुर्याउने उक्त पक्षको तयारी छ । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान खनाल–नेपाल पक्षले राख्दै आएको छ । Advertisement तर ओली पक्षले यो पक्षलाई गुट भेलाको संज्ञा दिदै गुटका सदस्यहरुसँग कुनै ‘डिल’ नगर्ने चेतावनी दिएको छ । ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठकका नाममा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय समिति न...
नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

देश, राजनीति, समाचार
विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका​ छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पारे । अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उनको भनाइ छ ।  नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताए । Advertisement नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो प...
पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् । Advertisement पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए । उनले पार्टी अध्यक्ष एवम् महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए । पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा रा...
परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा

परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा

देश, राजनीति, समाचार
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पछि मुलुकमा विदेशी हस्तक्षेप बढेर गएको बताएका छन् ।  राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने विचार ब्यक्त गरे। Advertisement ‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो, विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’ थापाले भने । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने ‘अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलुकलाई सबल, समृद्ध र स्वाधीन बनाउन सकोस् ।’ सो अवसरमा राप्र...
ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

देश, राजनीति, समाचार
\ काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाएका छन् । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।  उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  Advertisement ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनि...
अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसद् बीचसमेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए । इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालीम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल ग...
एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ  :  मन्त्री ढकाल

एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल

देश, राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहु शक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन् । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे । एमालेका केन्द्रीय सदस्य रहेका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गरे । “हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ”, उनले भने, “आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।” Advertisement मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभाव...
काँग्रेसको काँधमा जिम्मेवारी आएको छः  देउवा

काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा

देश, राजनीति, समाचार
बारा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए । पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई काँग्रेसको खाँचो रहेको हुँदा हामी सबै काँग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धि सँगसँगै विधिको शासन कायम ...
प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले  प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्।  ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’ Advertisement शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  खाणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्स करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।  सरकारको नेतृत्व लिनेबारे काँग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाणले प्रधानमन्त्री समेत रहेका...