निधि, कोइराला र सिंहबीच निरन्तर सम्वाद
११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह ।
तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका प्रकाशमानको आफ्नै संघर्ष पनि छ । शशांक पनि ११औं महाधिवेशनबाट निरन्तर केन्द्रीय कार्यसमितिमा छन् ।
Advertisement
सभापतिका ‘हेभिवेट’ तीन दाबेदारबीच पछिल्लो समय भने सहमतिको खोजी सुरु भएको छ । ८ असारमा उपसभापति निधिको निवासमा लन्च मिटिङ गरेका तीन नेता शुक्रबार महामन्त्री कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएर छलफल गरे ।
दुई घण्टा लामो बैठकमा न...









