२०८२ पुष ८

राजनीति

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

देश, राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । Advertisement शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल गरेको स्रोतले जनाएको छ । स्रोतकाअनुसार उनीहरूबीच अपराह्न ४ः१० बजेदेखि साढे ५ बजेसम्म छलफल भएको हो । भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।  ...
कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

देश, राजनीति, समाचार
४ असार, काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए । Advertisement ‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए । तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरे...
पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा उपेन्द्र यादव

पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा उपेन्द्र यादव

देश, राजनीति
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गरेका छन्। शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जसपाको वैधानिकता दाबी गरेका छन्। बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव आयोग पुगेका हुन्। Advertisement यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए। साथै ठाकुरले पनि यादवलाई कारवाही गरेका थिए। दुबै पक्षले जसपा आधिकारिकता दाबी गरेका थिए। एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो। आयोगको उक्त जवाफबारे राजनीतिक र कानुनी लडाइँ लड्ने यादवले बताएका थिए। जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच बिबाद छ। ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको छ भने यादव पक्ष नेपाली कांग्रेस...
दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

देश, राजनीति, समाचार
४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । Advertisement मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे । प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए । केही दिनअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए । Credit: OnlineKhabar ...
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ । Advertisement छानबिन समितिका संयोजक रमेश लेखकले भने थप १० दिन चाहिने बताएका छन् । समितिका सदस्य प्रदीप पौडेलका अनुसार हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । त्यसमा पनि सप्तरी र बाराका चारवटै, सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रको डेटा इन्ट्री सुरु नै हुन सकेको छैन । समितिमा भएको छलफलमा ढिलोमा डेटा इन्ट्रीका लागि १० गते...
अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भन्न मिल्दैन: राष्ट्रपति कार्यालय (पूर्णपाठ)

अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भन्न मिल्दैन: राष्ट्रपति कार्यालय (पूर्णपाठ)

देश, राजनीति
राष्ट्रपति कार्यालयले अदालतले कसैलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश दिन नमिल्ने लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जनाको रिट निवेदनमा लिखित जवाफ पठाउँदै राष्ट्रपतिले संविधान बमोजिम गरेको काम बदर नहुने पनि बताएको छ।  'कसैको सिफारिस बिना राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नु भनि परमादेश जारी हुन सक्दैन,' राष्ट्रपति कार्यालयको लिखित जवाफमा उल्लेख छ। राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानुन राष्ट्रपति कार्यालयले लिखित जवाफमा उल्लेख गरेको छ।  राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा मुद्दा नचलाइने व्यवस्था राष्ट...
माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । Advertisement बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेका छन् । पन्त काठमाडौंमै उपचारत छन् । यो समूहको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ । ...
बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

देश, राजनीति, समाचार
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । Advertisement उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए । उनले ठूलो संख्यामा जनताालाई सुरक्षि...
निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

राजनीति, विचार, समाचार
कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो। ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ। सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर। Advertisement आज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको...
सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन

सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन

देश, राजनीति, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् । Advertisement सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’ सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।  साभार: रातोपाटी ...