२०८२ पुष ५

राजनीति

गोकुल बाँस्कोटा भन्छन्– रंगमञ्च उठेपछि आयो

गोकुल बाँस्कोटा भन्छन्– रंगमञ्च उठेपछि आयो

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सुन तस्करी प्रकरणमा छानबिन आयोग रंगमञ्च उठेपछि आयो भन्दै व्यङ्ग्य गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले तस्करी गराएर ल्याइएको करिब २३ क्विन्टल सुन बाहिर पठाइएको आरोप समेत लगाए । “आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयो त्यस्तो भो । किनभने यसबीचमा हामीले प्राप्त गरेका सुचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो । एक क्विन्टल सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा,” उनले भने । आयोगको प्रतिक्षामा रहेको र त्यसको तथ्यलाई स्वीकार गर्ने बताए । उनले आयोगको माग गरेर एमालेले कसैको कुर्सी हल्लाउन नखोजेको बताए । ...
झण्डै महिना दिनपश्चात् संसद् बैठक सञ्चालन

झण्डै महिना दिनपश्चात् संसद् बैठक सञ्चालन

राजनीति
काठमाडौं । लगभग एक महिनापश्चात् प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।  गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ । ब्रेक 'सु'मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन । यस्तै भदौ ३ र ५ गतेको पनि बैठक सञ्चालन हुन सकेन । भदौ ६ गते अर्थात् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ । ...
रास्वपा सभापति लामिछानेसँग अमेरिकी राजदूत थम्सनले गरे भेटवार्ता

रास्वपा सभापति लामिछानेसँग अमेरिकी राजदूत थम्सनले गरे भेटवार्ता

देश, राजनीति, समाचार
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राजदूत थम्प्सनले वनस्थलीस्थित रास्वपा पार्टी केन्द्रीय कार्यालय पुगेर सभापति लामिछानेलाई भेटेका हुन् ।  भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थित थिए । भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले बताएको रास्वपाले जनाएको छ । ...
अब सदन खुल्छ : पदम गिरी

अब सदन खुल्छ : पदम गिरी

राजनीति
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले अब सदन खुल्ने बताएका छन् । सिंहदरबारमा शीर्ष नेताहरूको बैठकमा दुईबुँदे सहमति भएपछि उनले सदन चल्ने बताए । “सदन खु्ल्छ । स्मुथली जान्छ  । राम्रो कुरा भयो नि । हामीले तस्करी अन्त्य गर्ने, तस्करीलाई कारबाही गर्ने सुनिश्चितता हुने र भविष्यमा यस्ता समस्या नआउन भनेर जिम्मेवारी साथ विषय उठाएका थियौं ,” उनले भने । उनले तथ्य, प्रमाणले भेटेसम्म जुनसुकै तहका व्यक्ति, जुनसुकै दलका नेतालाई कारबाही गर्न अहिलेको निर्णयले सहयोग गर्ने उनको भनाइ छ । आजै प्रतिनिधिसभा बैठक बस्दै छ । ...
बैठक बहिस्कार गरेर कोसी प्रदेशसभाबाट बाहिरिए एमाले र राप्रपा सांसद

बैठक बहिस्कार गरेर कोसी प्रदेशसभाबाट बाहिरिए एमाले र राप्रपा सांसद

राजनीति
विराटनगर । कोसी प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिस्कार गरेका छन् । विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन् । राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिस्कार गर्दै बाहिर निस्किएका थिए । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिस्कार गर्ने निर्णय भएको भन्दै सिटौला सभा छाडेर निस्किएका थिए । एमाले र राप्रपाका सांसदले बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे । ...
दुई बुँदे सहमति– असोज ५ गतेमात्रै आयोग गठन

दुई बुँदे सहमति– असोज ५ गतेमात्रै आयोग गठन

राजनीति
काठमाडौं । साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको दुई बुँदे सहमतिपछि संसद् सञ्चालन हुने निश्चित भएको हो । सहमतिअनुसार सरकारले असोज ५ गतेमात्रै न्यायिक आयोग गठन गर्नेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असोज २ गते अनुसन्धान सक्ने भएकाले त्यसपछि मात्रै आयोग गठन गर्ने निर्णय भएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रहरीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी आयोग गठन गर्न सबै सहमत भएको बताए । “प्रहरीले अहिलेको अनुसन्धानमा मुद्दा चलाउने काम गर्छ,” लेखकले भने, “यसमा कुनै प्रभाव पर्नेछैन । त्यसपछि अरु सुन तस्करीका घटनालाई छानबिन गर्नका लागि आयोग गठन गर्ने सहमति भएको छ । असोज ५ गते आयोग गठन गर्ने र आयोगले त्यही दिनबाट काम थाल्नेछ ।” ...
दलहरूबीच जुट्यो सहमति, सदन चल्ने

दलहरूबीच जुट्यो सहमति, सदन चल्ने

राजनीति
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।  सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए ।  “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,” उनले भने । ...
पोखरामा कांग्रेस प्रदेश सभापति सम्मेलन गर्ने तयारी

पोखरामा कांग्रेस प्रदेश सभापति सम्मेलन गर्ने तयारी

राजनीति
नेपाली कांग्रेसले प्रदेश सभापतिहरूको सम्मेलन गर्ने भएको छ। कांग्रेस गण्डकी प्रदेशको संयोजनमा प्रदेश सभापतिहरूको सम्मेलन यही भदौमा पोखरामा गर्ने तयारी गरिएको हो। गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवालाई प्रदेश सभापति सम्मेलनको जानकारी गराइसकेका छन्। प्रदेश सभापति सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने तय भइसकेको छ।  भदौ १६ र १७ गते सम्मेलनका लागि सभापति देउवाले समय दिइसकेका छन्।  तर कार्यक्रमको औपचारिक निर्णय भने गण्डकी प्रदेश समितिले गर्न बाँकी छ। कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले सम्मेलनको औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। कांग्रेसमा ७ प्रदेश समितिमा महाधिवेशनबाट चुनिएका ७ जना सभापति छन्। ...
एकीकृत समाजवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्न सुरु

एकीकृत समाजवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्न सुरु

राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु भएको छ । मंगलबारदेखि ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमा आज (बुधबार) छलफल जारी रहनेछ । पार्टीका केन्द्रीय सदस्यहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न सुरु गरेका छन् । बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत ...
प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने, संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ...