संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीकै सहभागिता हुने
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० मा अमेरिकाको न्युयोर्क जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भ्रमण निश्चित भएको जानकारी दिइन् ।
प्रधानमन्त्री दाहालले न्युयोर्कमा आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने र द्विपक्षीय साइड–लाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन् । प्रधानमन्त्री दाहालले असोज १ र २ मा हुने दिगो विकासका लक्ष्यहरू (एसडीजी) सम्मेलनमा नेपालले कार्यप्रगतिको समीक्षा गर्ने लम्सालले बताइन् ।
उनका अनुसार दाहाल...









