२०८३ कार्तिक १२

एमाले गण्डकीले कार्यकर्ताबाट पाँच-पाँच सय उठाएर कार्यालय भवन बनाउने




नेकपा (एमाले) गण्डकी प्रदेशले पार्टी कार्याकर्ताबाट पाँच–पाँच सय रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउने भएको छ।


Advertisement


बिहीबार बसेको गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले पार्टी कार्याकर्ताबाट २५ करोड रुपैयाँ संकलन गरेर प्रदेश कार्यालय भवन बनाउने योजना तय गरेको हो।

प्रत्येक पार्टी सदस्यबाट पाँच-पाँच सय रुपैयाँ उठाइने र सक्नेहरूलाई मुठी फुकाएर सहयोग गर्न आह्वान गरिएको गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले जानकारी दिए।



सभा हल, पार्टी र जनसंगठनको कार्यालयसमेत रहने अत्याधुनिक भवन बनाइने उनले योजना सुनाए । 

गण्डकी प्रदेश कमिटीले ४५ सदस्यीय सचिवालय गठन गर्ने र अर्को बैठकले जिल्लागत जिम्मेवारी तोक्ने पनि बताइएको छ।

नेकपा (एमाले)ले असोज १५ र १६ गते प्रदेश अधिवेशनको पनि तयारी गरेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap