२०८३ कार्तिक ३०

धनगढीमा स्वतन्त्र उमेदवार हमाल १२ हजार मतले अगाडि

​काठमाडौं । धनगढी उपमहानगरपालिकामा ५७,४१८ मत गणना भएको छ । पछिल्लो विवरणअनुसार मेयरका स्वतन्त्र उमेदवार गोपाल हमालले २५,०२१ ल्याएर अग्रता कायमै राखेका छन् । उनी ११,९७० मतले अगाडि छन् ।


Advertisement


कांग्रेसका नृपबहादुर वडले १३,०५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ७,५६१ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी कन्दकला राना १२,९३६ मतसहित अगाडि छिन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी शान्ती अधिकारीले ११,७०४ मत ल्याएकी छन् । 

उपमेयरका स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६,३७७ मत ल्याएका छन् 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap