२०८२ चैत्र २५

राजनीति

हदम्यादबारेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

हदम्यादबारेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरूले उठाएका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिए ।   जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरि...
उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ: भीम रावल

उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ: भीम रावल

राजनीति
नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। Advertisement कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ।’ उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्। ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि आगामी चुनाव जित्नु पर्छ।’ यसअघि एमाले नेता घनश्याम भुषालले पनि स्थानीय&...
एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरूलाई आज शपथ खुवाउने तयारी

एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरूलाई आज शपथ खुवाउने तयारी

राजनीति, समाचार
२३ जेठ, काठमाडौं । एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी भइरहेको छ । शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन । Advertisement सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो । नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा ...
बजेट छलफलमा सांसदहरुको अरुचि

बजेट छलफलमा सांसदहरुको अरुचि

राजनीति
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०७९/२०८० को बजेटमाथिको छलफल सांसदहरुको सक्रिय सहभागिता देखिएको छैन । २ सय ७५ जना मध्ये शुक्रबार एकै दिन ७९ जना सांसद बैठकमा सहभागी नभएको जानकारी संसद सचिवालयले दिएको छ । यसबाट विनियोजित विधेयकमाथि सांसदहरुको जिज्ञासा, सुझाव, छलफल र चासो कम देखिएको छ । जति कुरा उठाएपनि अर्थमन्त्रीले पेस गरेको बजेट वक्तव्यका प्रावधानहरु परिवर्तन नहुने परिपाटीका कारण पनि सांसदहरुले औपचारिकता मात्र पूरा गर्दै आएको दलका नेताहरु नै बताउँछन् । Advertisement पूर्वसभामुख सुवाचन्द्र नेम्वाङ आफ्ना नेताले बोल्ने वा अरु कुनै विशेष कारण बाहेक बैठकमा सांसदहरुको संख्या कम हुनुलाई संसारभरकै चलन भएको बताउँछन् । धेरै सांसदको उपस्थिति उत्तम भएपनि बेलायतमासमेत त्यो सम्भव नभएको धारणा उनको छ । नेम्वाङ ...
नागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गरिने

नागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गरिने

राजनीति
काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभामा लामो समयदेखि विचाराधीन नागरिकता ऐन, २०६३ संशोधन विधेयक संसदीय प्रक्रियामा अगाडि बढाउनेबारे गृहमन्त्री बालकृष्ण खाँणले मन्त्री र सरोकारवालासँग छलफल गरेका छन् ।  Advertisement गृहमन्त्री खाँणले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) तथा प्रतिनिधि सभामा कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतसँग छलफल गरेका हुन् । छलफलमा गृहसचिव टेकनारायण पाण्डेलगायतका गृह मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको चालु अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए&nb...
नेपालका हिमाल पग्लिए, विश्वकै ध्यानाकर्षण गराउनुपर्छ : ओली

नेपालका हिमाल पग्लिए, विश्वकै ध्यानाकर्षण गराउनुपर्छ : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकासको काम अघि बढाउँदा वातावरणीय प्रश्नलाई केन्द्र भागमा राख्नुपर्ने बताएका छन् । Advertisement विश्व वातावरण दिवसका अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले विकासले मात्रै दिगो विकास हुन नसक्ने भन्दै यसका लागि वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्ने बताए ।  अहिले नेपालका हिमालहरू पग्लँदै जाने खतरा रहेको भन्दै उनले जलवायु परिवर्तनका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले जलवायु परिवर्तनमा विश्वकै ध्यानाकर्षण गराउनका लागि यसअघि सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको पनि बताए ।  कार्यक्रमपछि ओलीले एमाले मुख्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा वृक्षारोपण गरेका थिए । ...
सांसद नरहेका कुँवर पनि बन्ने भए मन्त्री

सांसद नरहेका कुँवर पनि बन्ने भए मन्त्री

राजनीति
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन्। नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैरसांसद रहने भएका हुन्। Advertisement एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन्। उनीसहित नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले सोमबार सपथ ग्रहण गर्ने छन्। कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो। मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। यसअघि प्रधानमन्त्री देउवाले चैत २४ गते बरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरेका थिए। ...
कांग्रेसका कारण केही स्थानमा हार्‍यौँ : माधव नेपाल

कांग्रेसका कारण केही स्थानमा हार्‍यौँ : माधव नेपाल

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । Advertisement आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा उनले कांग्रेस नेता–कार्यकर्ताले तालमेलअनुसार इमानदारीपूर्वक भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टी हारेको बताएका हुन् । एकीकृत समाजवादीले जिते कांग्रेसलाई पनि फाइदा हुने भन्ने कुरा कांग्रेसले बुझ्न जरुरी रहेको उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र)भित्र पनि यस्तै स्थिति रहेको उनले उल्लेख गरे । निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा उनले प्रशंसा गरे । ...
जनकपुरधाम उपमहानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

जनकपुरधाम उपमहानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

राजनीति
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । जम्मा १३५ सदस्यमध्ये ७५ जना कांग्रेसबाट निर्वाचित सदस्य हुन् ।  Advertisement शुक्रबार भएको आठजना सदस्यको निर्वाचनमा पनि ६ जना कांग्रेसबाट निर्वाचित भए । महिलातर्फ कांग्रेसको प्यानल नै विजयी भयो । पाँच सदस्य छनोटका कांग्रेस र एमालेबाट १० जनाको उमेदवारी परेको थियो । महिलातर्फ एमालेका सबै उमेदवार पराजित भए । कांग्रेसकी सारदा पन्त ६८,  मनिष कुमारी दुवे ६७, फुलकुमारी देवी ६२, शैल कुमारी चौधरी ६१ र सञ्जुदेवी ६० मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै तीन पदका लागि भएको निर्वाचनमा दलित अल्पसंख्यक सदस्यतर्फ एमालेका दुई र कांग्रेसका एक जना निर्वाचित भएका छन् । कांग्रेसका राकेश विक्रम साह सार्वधिक मत प्राप्त गरी विजयी भए । साहले ८६ मत ल्याउँदा कांग्रेसबाट उम्मेदवारी दिएका रामप्रव...
प्रतिनिधि सभाको अर्को बैठक सोमबार

प्रतिनिधि सभाको अर्को बैठक सोमबार

राजनीति
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते बस्ने भएको छ । Advertisement सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने बताए ।  उक्त बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।