कांग्रेस नेता पौडेलको आह्वान– फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोडौँ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । घाँटीको समस्याका कारण ‘भ्वाइस रेस्ट’ मा बसेका नेता पौडेलले सामाजिक सञ्चालमार्फत फोहोरले वातावरणीय प्रदूषणमा पार्ने प्रभावबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै महानगरको फोहोरको समस्या सबैको साझा भएको बताएका हुन् ।
“स्थानीयवासीसँग भएका सम्झौताहरू पालना गर्न र उनीहरूको माग र समस्याहरूको समाधान गर्नुपर्छ,” पौडेलले फेसबुकमा लेखेका छन्– “फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौँ । फोहरको प्रकृति हेरेर वर्गीकरण गरौँ । यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो । त्यसैगरी, फोहर व्यावस्थापन स्थलका स्थानीयहरूको माग र समस्याहरूको समाधान गरौँ । उहाँहरूसँगका सम्झौताहरू पालना गरौँ ।”
नेता पौडेलले फोहोर माथिको राजनीति र अर्थशास्त्र प...









