प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै
प्रतिनिधि सभाअन्तर्गत १० वटै विषयगत समितिको बैठक सोमबार बस्दै छ।
समितिको सभापति निर्वाचनका लागि सबै विषयगत समितिको बैठक दिउँसो ३ बजे बाेलाइएको हो।
संसदीय समितिको बैठकमा आज सभापति घोषणा हुने छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितबाहेक अन्य ९ वटा समितिमा एकल उम्मेदवारी परेको छ। यसमा मात्रै निर्वाचन हुन लागेको हो।
उद्योग तथा वाणिज्य समितिमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षीका तर्फबाट जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुली उम्मेदवार बनेका छन्।
दिउँसो ३ बजे प्रस्ताव प्रस्तुत गर्ने मतदानको प्रक्रिया अघि बढ्ने छ।
आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए। एकल उम्मेदवारी परेका कारण तीनै ज...









