एमसीसीविरुद्ध बोलेकाले मलाई चुनाव हराइयो : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका विरुद्ध बोल्नेलाई चुनावमा हराउने ग्रान्ड डिजाइन गरिएको र त्यसको शिकार आफू भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एसीसी परियोजना कार्यान्वयनविरुद्ध बृहत् अन्र्तक्रिया कार्यक्रममा खनालले तत्कालीन समयमा आफू एकजना मात्रै सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चुनावमा हटाउने ग्रान्ड डिजाइन गरिए पनि अहिले आफूलाई कुनै पश्चाताप नरहेको बताए ।
सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनले बताए । खनालले उक्त सम्झौता संविधान र कानुनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि मान्न जरुरी नरहेको जिकिर गरे । उनले मुलुकको हितविपरीत रहेका सम्झौताको विरुद्ध डटेर लड्नुपर्ने बताए ।
त्यस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी साम्राज्यवादको रुपम...









