२०८३ बैशाख २५

राजनीति

विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत

विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत

राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसद्‌मा पेस हुने बताएका हुन् । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसद्‌मा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो । उनले सो विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरूसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए । उनले भने, "पार्लियामेण्टमा हामी दर्ता गर्दैछौँ । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत्...
कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

देश, राजनीति, समाचार
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो । रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए । ...
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन भोलि बिहान ९ बजे

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन भोलि बिहान ९ बजे

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको उद्घाटन भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरिने बताए । भर्चुअल माध्यमबाट अभियानको उद्घाटन हुनेछ । उद्घाटनपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चन्द्रागिरि नगरपालिका-२ मा पुग्नेछन् । दिउँसो १ बजे उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रुपान्तरण अभियान तीन चरणमा चलाइने छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया, तेस्रोमा खुल्ला सभा र जनसभा हुने सापकोटाले जानकारी दिए ।अभियानका क्रममा सबै जनतालाई भेटिने जानकारी दिए । “अन्तर हृदयदेखि नै जनतालाई सम्मान गर्नेछौँ,” उनले भने , “हाम्रो तागत भनेको जनता हो । जनतामा जानु...
राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।  राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।  राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेबाट सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।  एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपत...
कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

देश, राजनीति, समाचार
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । यही भदौ ६ गते नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता उद्धवकुमार थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । सोही दिन ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेसी तोकेको थियो । रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज पनि खतिवडासहितको इजलासमा रिट परेको हो । ...
रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ। ‘हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ। त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए। ...
कोसी प्रदेशमा बजेट शून्यता : आजदेखि सर्वोच्चमा पूर्ण सुनुवाइ

कोसी प्रदेशमा बजेट शून्यता : आजदेखि सर्वोच्चमा पूर्ण सुनुवाइ

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारले लिएको विश्वासको मतका विषयमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदै छ । आजदेखि पूर्ण सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको थियो ।  कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आउन सकेको छैन । कोसी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । सभाबाट पारित भई अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने हो । तर, सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ । योसँगै कोसीमा बजेटविहीनताको अवस्था आएको हो । संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना गरिएको छैन । तर, कोसी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो । गएको जेठ ३२ गते कार्कीले एक समारोहबीच बजेट पेस गरेका थिए । तत्कालीन मन्त्री, नेकपा (एमाले)का प्रदेशसभा सदस्य र आर्थिक मामिला तथा योजना मन्...
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै

राजनीति
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने कार्यसूची छ ।
समाजवादी मोर्चाको सभा आज पोखरामा 

समाजवादी मोर्चाको सभा आज पोखरामा 

राजनीति
काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज (शुक्रबार) गण्डकी प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।   संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन भएको पौडेलले जानकारी दिएका छन् ।  ...
जनताको अपेक्षा माओवादीले सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : पुन

जनताको अपेक्षा माओवादीले सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : पुन

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहोस् भन्ने रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताको सो अपेक्षामा ठेस लाग्न दिन नहुनेमा जोड दिए । पार्टीका कमजोरीलाई सच्याएर देशको राजनीति सही दिशामा लैजानुपर्ने उनले बताए । “जनताको अपेक्षा के छ भने, आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्डवरिपरिका नेताहरूले नेतृत्व गरोस् भनेर सोचेका छन्, त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरू हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ,” उनले भने, “आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेन्डाहरू वरिपरिबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौँ,...