सन्देश सभामा समाजवादी मोर्चाका नेताहरूले दिएका आ–आफ्ना सन्देश
सरकारमा आबद्ध तीन दल र सकार बाहिर रहेको विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले देशव्यापी सन्देश सभा गरिरहेको छ।
सन्देश सभामा मोर्चामा आबद्ध शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन्। उनीहरूका सम्बोधनले मोर्चाका साझा धारणाबाहेक अन्य धेरै विषयमा पनि संकेत गरिरहेका छन्।
मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गरेको थियो।
सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आफ्नै सन्देश थिए।
प्रचण्डका जस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि आ–आफ्नो सन्देश दिए।
मोर्चा आबद्ध जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्। उनका ठाउँमा सोही पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाले सम्बोधन गरे।
मोर्चाले बनाएका साझा अवधारणाका विषयमा उनीहरूका धारणा...









