२०८३ असार १४

स्वास्थ्य

करेन्ट लागेर  एक सैनिक जवानको मृत्यु

करेन्ट लागेर एक सैनिक जवानको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । Advertisement गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।  ...
चितवनमा कोरोना संक्रमित महिलाको निधन

चितवनमा कोरोना संक्रमित महिलाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  Advertisement अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।  उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ...
कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए । Advertisement यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संल...
दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

देश, समाचार, स्वास्थ्य
काठमाडौं । गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्कनुभएको छ । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी र्दिए । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।   Advertisement गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको  छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।   प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्र...
बारामा चल्यो गोली , एकजना घाइते

बारामा चल्यो गोली , एकजना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ । ...
कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

देश, समाचार, स्वास्थ्य
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले यही कात्तिक २ गते कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको निर्णय खारेज गर्न माग गरेको छ । कोभिड १९ बाट संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुुल्क गर्नुपर्ने सो संगठनको माग छ । कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले विज्ञप्ति जारी गरेका हुन् । उनले सरकारको उक्त निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको प्रस्ट पारेका छन् । उनले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यताका विरुद्ध सरकारको निर्णय आएको टिप्पणीसमेत गरेका छन् । ‘महामारी...
बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् । Advertisement साभार: रातोपाटी ...
बनेपा बन्यो  काभ्रेको कोरोना ‘हट–स्पट’

बनेपा बन्यो काभ्रेको कोरोना ‘हट–स्पट’

देश, समाचार, स्वास्थ्य
काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२  पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।  बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रे...
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।” अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइ...
सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा  आग्रह गरियो

सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा आग्रह गरियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिरामीले यही कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने’ भनी सूचना प्रकाशित गरेकोप्रति ध्यानाकर्षण जनाउँदै सो आग्रह गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिडका बिरामीको उपचार खर्च नब्योहोर्ने, सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसमेत नगर्ने र सम्बन्धित व्यक्ति...