२०८३ आश्विन १५

स्वास्थ्य

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । Advertisement काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेस...
थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ । Advertisement गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आ...
रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए । Advertisement यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपि...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
थप २२२५ जनामा कोरोना संक्रमण

थप २२२५ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...
कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।  यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  Advertisement “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  बिरामीको प्रभावकारी व्यवस्थापनका का...
जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

देश, समाचार, सामाजिक, स्वास्थ्य
अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर  व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ ।   विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै  विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।  जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएक...
प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रतिरक्षात्मक अभिव्यक्ति दिएका छन् । यसअघि सरकारले कोरोना लागेको बिरामी आफैले आफ्नो उपचार गर्नु भनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ‘सरकारले सके आफै बाँच नसके जे सुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्ने छ ।’ सरकारले कोरोना संक्रमितको उपचारमा सबैको समान पहुँच स्थापित गराउने बताए । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोरोना संक्रमतिलाई घरेलु औषधी प्रयोग बढाउन समेत आग्रह गरेका छन् । Advertisement कोरोनाको कारण अहिले चाहेर पनि घर फर्कन नसक्ने अवस्था रहेको स्मरण गराए ।प्रम ओलीले जेष्ठ नागरिक र बालबालिमाका संक्रमण बढी हुने भएकोले सचेत बन्न सबैलाई आग्रह गरेका छन् । काठमाडौं संक्रमणको केन्द्...
कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् । Advertisement उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो । साभार: रातोपाटी ...
थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

देश, समाचार, स्वास्थ्य
७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Advertisement कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् । यस्तै मोरङका ...