२०८१ बैशाख १३

स्वास्थ्य

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए । Advertisement यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संल...
दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

देश, समाचार, स्वास्थ्य
काठमाडौं । गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्कनुभएको छ । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी र्दिए । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।   Advertisement गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको  छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।   प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्र...
बारामा चल्यो गोली , एकजना घाइते

बारामा चल्यो गोली , एकजना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ । ...
कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

देश, समाचार, स्वास्थ्य
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले यही कात्तिक २ गते कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको निर्णय खारेज गर्न माग गरेको छ । कोभिड १९ बाट संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुुल्क गर्नुपर्ने सो संगठनको माग छ । कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले विज्ञप्ति जारी गरेका हुन् । उनले सरकारको उक्त निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको प्रस्ट पारेका छन् । उनले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यताका विरुद्ध सरकारको निर्णय आएको टिप्पणीसमेत गरेका छन् । ‘महामारी...
बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् । Advertisement साभार: रातोपाटी ...
बनेपा बन्यो  काभ्रेको कोरोना ‘हट–स्पट’

बनेपा बन्यो काभ्रेको कोरोना ‘हट–स्पट’

देश, समाचार, स्वास्थ्य
काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२  पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।  बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रे...
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।” अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइ...
सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा  आग्रह गरियो

सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा आग्रह गरियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिरामीले यही कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने’ भनी सूचना प्रकाशित गरेकोप्रति ध्यानाकर्षण जनाउँदै सो आग्रह गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिडका बिरामीको उपचार खर्च नब्योहोर्ने, सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसमेत नगर्ने र सम्बन्धित व्यक्ति...
गण्डकी प्रदेशको विकास समिति सभापतिलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशको विकास समिति सभापतिलाई कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
४ कात्तिक, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि स्वाब दिएका सांसद कोइरालाको आज पोजेटिभ रिपोर्ट आएको हो । केही दिनअघि चितवनबाट फर्किएका कोइरालासँगै उनका सवारी चालकमा पनि कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि कोइराला सेल्फ आइसोलेसनमा बसेका छन् । कन्ट्याक ट्रेसिङमा हुनेहरूको लिस्ट तयार हुँदैछ । Advertisement ‘एक दिन कोरोना संक्रमणले छुन सक्छ भन्ने मानसिक हिसाबले तयार थियौं । निरन्तर काम र विभिन्न बैठकमा सहभागी भइरहेका थियौं,’ सभापति कोइरालाले भने, ‘साबधानी अपनाउनु पर्छ तर डराउनु पर्दैन । म कोरोना जितेर फेरि छिट्टै जनताको काममा फर्कने छु ।’ कोरोनासँगै जुधेर सुरक्षित बन्दै काममा निस्कनुको विकल्प नभएको उनको भनाइ छ । यसअघि गण्डकी प्रदेश सभाको विधायन समिति सभा...
काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको  हो ।  यस्तै बितेको २४ घण्टामा देशभर भने ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  Advertisement यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए ।  यसैबीच देशभर कोरोना भाइरसको संक्रमित संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो ।  साभार: रातोपाटी ...