२०८३ असार १६

स्वास्थ्य

कोरोना संक्रमित महिलाको मृत्यु : कैलाली

कोरोना संक्रमित महिलाको मृत्यु : कैलाली

देश, समाचार, स्वास्थ्य
२८ मंसिर कैलाली । कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । Advertisement मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। Credit: OnlineKhabar ...
फूल टिप्न खोज्दा निम्तिएको दुर्घटना

फूल टिप्न खोज्दा निम्तिएको दुर्घटना

देश, समाचार, स्वास्थ्य
२७ मंसिर, पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएको थियो भने यात्रु घाइते भएका थिए । Advertisement घटनाबारे अध्ययन गर्न एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’  निष्कर्ष निकालेको छ । यो प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाइएको छ । यसैबीच दुर्घटनाब...
कृष्ण सिटौलालाई कोरोना संक्रमण

कृष्ण सिटौलालाई कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई  कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ । Advertisement हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ । साभार: रातोपाटी ...
ब्रेक फेल ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो : १ जनाको मृत्यु

ब्रेक फेल ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो : १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२६ मंसिर, काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ । Advertisement घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पु¥याएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले जानकारी दिए । Credit: OnlineKhabar ...
स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई डाक्ने

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई डाक्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।  त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।  Advertisement तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन् । अव...
चाँगुनारायणमा पहिचान नखुलेको  महिला मृत फेला

चाँगुनारायणमा पहिचान नखुलेको महिला मृत फेला

देश, समाचार, स्वास्थ्य
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् । Advertisement काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए । उनी बस्ने घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिहेको छ ।  साभार: रातोपाटी ...
थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । कास्कीका ४, ललितपुरका ३, सिराहा, सर्लाही, काठमाडौं, नुवाकोट, अर्घाखाँची र रुपन्देहीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । Advertisement लाहान नगरपालिका-२४, सिराहाकी ६१ वर्षीया महिलाको विराटनगरको नोबेल अस्पतालमा मंसिर २२ गते राति मृत्यु भएको छ । बिरामी भएपछि मंसिर २१ गते अस्पताल भर्ना भएकी उनमा त्यही दिन संक्रमण पुष्टि भएको थियो ।ईश्वरपुर नगरपालिका-१२, सर्लाहीका ७४ वर्षीय पुरुषको बीरगञ्जको बाबा होटलको आइसोलेसनमा मंसिर २० गते मृत्यु भएको छ । उनलाई मंसिर १८ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो ।ललितपुरका ६२ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २१ गते अस्पताल भर्ना  भएका उन...
८९४७ परीक्षणमा १५% मा संक्रमण

८९४७ परीक्षणमा १५% मा संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ । Credit: OnlineKhabar ...
संक्रमित कर्मचारीलाई १४ दिन बिदा

संक्रमित कर्मचारीलाई १४ दिन बिदा

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को संक्रमण भएका सार्वजनिक निकायका कर्मचारीहरुको आइशोलेसनमा बसेको अवधिलाई सरकारले सार्वजनिक बिदाको रुपमा जनाउन सुरु गरिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो । त्यस्तै, संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । Advertisement त्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत ...
अपाङ्गता भएका का लागि सञ्चार पहुँच सजिलो बनाइदैँ

अपाङ्गता भएका का लागि सञ्चार पहुँच सजिलो बनाइदैँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तताः प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताए । उनले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिए ।  Advertisement महिला बालबालिका तथा ज्येष्ठ ...