२०८३ असार १६

स्वास्थ्य

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो । २४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ । दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ । Advertisement दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्ट...
२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

देश, समाचार, स्वास्थ्य
४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय पक्षको समेत समन्वयमा प्रतिडोज चार डलरमा खोप दिन सेरम सहमत भएको थियो । Advertisement तर भक्तानीमा सहमति जुट्न सकेन । सेरमले सबै पैसा भुक्तानी भएपछि मात्र खोप दिने बताएको थियो । ‘हाम्रो सार्वजनिक खरिद ऐनका कारण त्यो सम्भव भएपछि क्याबिनेटले बाटो खुला गरेको छ’ मन्त्री त्रिपाठीले भने, ‘अब हामीले ८० प्रतिशत रकम भुक्तानी गरेपछि उसले खोपमा ब्याच नम्बर लगाउन थाल्छ । बाँकी रकम दिएपछि खोप आउँछ ।’ खोप आएपछि समुदायमा गएर ५५ वर्षभन्दा माथिका न...
आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।  आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् ।  एक सय ३६ निको Advertisement यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार ७९६ जना रहेका छन् । नेपालमा निको हुनेको दर ९८।६ प्रतिशत रहेको छ । अहिलेसम्म दुई हजार ५४ जना सङ्क्रमणबाट निधन भएका छन् ।  पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँमात्र रहेको छ । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा इलाम, भोजपुर, सङ्ख...
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । Advertisement आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुव...
आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
-रामहरि श्रेष्ठ ओखलढुंगा । बिहेमा गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ...
चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ थियो । Advertisement स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सक्रिय संmक्रमितको संख्या घट्नुले कोरोनाको पहिलो लहर सकिएको निश्कर्ष निकाल्न सकिने बताउँछन् । उनले दैनिक परीक्षण पनि कम भएको बताए । कुनै बेला चितवनमा सक्रिय संक्रमितको संख्या झण्डै दुई हजार थियो । चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल भरतपुरमा स्वाब परीक्षण हुँदै आएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४१ पुगेको छ ।...
नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ माघ, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । Advertisement मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडीहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ । Credit: OnlineKhabar ...
सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

देश, समाचार, स्वास्थ्य
सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।     उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।  Advertisement पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताए ।  जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्...
चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु

चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक गरिएको हो ।  स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए ।  Advertisement भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए ।  द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया का...
तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

देश, समाचार, स्वास्थ्य
२३ माघ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो । उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपरका पशु नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताए । Advertisement ‘हामीले उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आएका छौँ, सोही स्थानमा थप सङ्क्रमण देखिएको छैन’, उनले भने । रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० व...