२०८३ असार १६

स्वास्थ्य

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए । Advertisement त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ स...
प्रयोगशालाको लापरवाहीले कोरोना बिमा भुक्तानीमा समस्या : स्वास्थ्य मन्त्रालय

प्रयोगशालाको लापरवाहीले कोरोना बिमा भुक्तानीमा समस्या : स्वास्थ्य मन्त्रालय

देश, समाचार, स्वास्थ्य
११ फागुन, काठमाडौं । सरकारले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही ढंगले नपठाउँदा बिमा दावी प्रमाणीकरणमा समस्या भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरमणि अधिकारीले बताएका छन् । Advertisement कोरोना बिमा रकम दावी गर्ने व्यक्ति संक्रमित भएका हुन् कि होइनन् भनी प्रमाणीकरण गर्न बिमा समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सम्मिलित एक टोली गठन गरिएको छ । उक्त टोलीले कोरोना बिमा दावी गरेका विमितहरुको विवरण ...
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । Advertisement छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।” छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्...
पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ । Advertisement दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपा...
विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने

विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने

देश, समाचार, स्वास्थ्य
९ फागुन,काठमाडौं । जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ । Advertisement सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हो । कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्...
आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
८ फागुन, काठमाडौं । नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्नेछ । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याउन लागिएको डा. गौतमले अनलाइनखबरलाई बताए । Advertisement मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नहुने भएपछि एक पटक लागि संशोधन भएको हो । शनिबार बिराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप आउने बताएका थिए । चीनबाट पनि खोप ल्याउने उनले बताएका छन् । चीनले न...
कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए

कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
प्रदेश २ का जनस्वास्थ्य प्रयोशालामा कार्यरत करारका कर्मचारीहरु कोरोना परीक्षण बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । करारका कर्मचारीहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले तलबभत्ता नदिएको भन्दै शुक्रबारदेखि पिसिआर परीक्षणसमेत बन्द गरेर आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ । Advertisement माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले कोरोना महामारीको समयमा २४ सै घण्टा काम गरेको उल्लेख गर्दै अहिलेसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परीक्षणसमेत बन्द गरिएको बताए । कोरोना महामारीको समयमा आफुहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दासमेत प्रदेश सरकारले तलबभत्ता रोकेको पीडित कर्मचारीहरुको गुनासो छ । कोरोना परीक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परीक्षणका लागि दैनिक आउने सरदर १...
मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ । Advertisement मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्...
सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको  हो ।  Advertisement स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए।  ‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उनले भनिन्,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उनले बताइन् ।  उनले भनिन्,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेक...
नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । Advertisement मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।  पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।  साभार: रातोपाटी ...