२०८३ असार १५

स्वास्थ्य

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । Advertisement थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  साभार: रातोपाटी ...
नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए । छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ विनय त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । Advertisement पछिल्लो पटक मङ्...
दुई दिनमा लगाए २ सय २५ सांसदले कोरोना विरुद्धको खोप

दुई दिनमा लगाए २ सय २५ सांसदले कोरोना विरुद्धको खोप

देश, समाचार, स्वास्थ्य
काठमाडौं । संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।  प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा संघीय संसदका सांसद र कर्मचारीलाई स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको हो । Advertisement नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बुधबारदेखि शुरु भएको भ्याक्सिन दिने क्रममा आजसम्म २ सय २५ सांसद, ७ सय ४७ कर्मचारीले भ्याक्सिन लगाएका हुन् ।  आज ६० जना सांसद, स्वकिय सचिव, कर्मचारी लगायत अन्य ४ सय ३० जना समेत गरी ४ सय ९० जना जनाले भ्याक्सिन लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।  भोलि शुक्रबार पनि बाँकी रहेका संघीय संसदका सांसद तथा कर्मचारीलाई भ्याक्सिन दिइनेछ । साभार: रातोपाटी ...
सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, स्वास्थ्य
१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाएकी हुन् । Advertisement बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ । सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ । तस्वीर : चन्द्रबहादुर आले साभार: रातोपाटी ...
भोलि सांसद र मन्त्रीहरुले खोप लगाउने

भोलि सांसद र मन्त्रीहरुले खोप लगाउने

देश, समाचार, स्वास्थ्य
काठमाडौं । बुधबार सभामुख,मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । Advertisement कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।   साभार: रातोपाटी ...
थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु

थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए । Advertisement स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटी करोडको संख्य...
भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो

भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ । १० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ । Advertisement भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत विश्वमा १३ औँ स्थानमा उक्लिएको छ । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ । ...
बिमाले धानिएको अस्पताल

बिमाले धानिएको अस्पताल

देश, समाचार, स्वास्थ्य
१६ फागुन, चितवन । रत्ननगरस्थित बकुलहर अस्पतालको गेट नजिकै घर भएका प्रताप डल्लाकोटी अस्पतालमा बिरामीको चाप बढेको देखेर छक्क पर्छन् । एक वर्षअघिसम्म सुनसान हुने अस्पतालमा अहिले विरामीको चाप थेगिनसक्नु छ । यसलाई उनी अस्पतालप्रति जनताको विश्वास बढेको भनेर बुझेका छन् । ‘केही वर्षअघिसम्म यतिका धेरै विरामी आउँथेनन्, केही आउथेँ दिनभर जस्तो सुनसान नै हुन्थ्यो, तर अहिले अस्पतालको ओपीडी, फार्मेसी, ल्याव जहाँसुकै बिरामीको भिड देख्छु,’ डल्लाकोटी भन्छन्, ‘अस्पतालप्रति जनताको विश्वास जागेको छ ।’ Advertisement हुन पनि अस्पतालको सेवा अहिले विस्तार भएको छ । सेवा विस्तार हुँदा सामान्य उपचारको लागि पनि जिल्ला सदरमुकाम भरतपुर धाउनुपर्ने बाध्यता हटेको छ । अस्पताल परिसर अहिले पहिलेको भन्दा सफा र सुन्दर छ । मूल भवनको तला पनि थपिएको छ । यससँगै विरामीको चाप पनि ह्वात्तै...
थप ८१ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि

थप ८१ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो समय कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । Advertisement आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् ।  यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ ।  अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन् । ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २१  लाख ६० हजार ४०४ को पिसिआर परीक्षण भएको छ ।  पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज...
कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  Advertisement ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ । साभार: रातोपाटी ...