२०८३ असार १५

स्वास्थ्य

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।  प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “सरकारले घरघरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ”, प्रवक्ता कुँवरले भने ।  यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँद...
भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित  भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । Advertisement सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ । भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ । भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ । यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् । https://twitt...
आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेत । रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ ।   बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको  छ ।   Advertisement आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ ।  बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् । आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको पनि बताएको छ ।    साभार: रातोपाटी ...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ  ।  शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । Advertisement दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । साभार: रातोपाटी ...
कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, सुर्खेत । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनः स्थापना गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए । Advertisement ‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गछौं,’ निर्देशक खड्काले भने । निर्देशक खड्काका अनुसार ‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट ...
विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन: कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ । Advertisement विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । Credit: OnlineKhabar ...
कर्णालीमा सडक दुर्घटना बढ्यो,  २० महिनामा १६९ को मृत्यु

कर्णालीमा सडक दुर्घटना बढ्यो, २० महिनामा १६९ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशमा बितेका २० महिनामा ४ सय ९५ वटा सवारी दुर्घटना भएका छन् भने १ सय ६९ जनाको ज्यान गएको छ । जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् । गत बर्ष १२ महिनामा २ सय ६४ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिकाले ज्यान गुमाएका छन् ।  प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप÷कार ३०, टेम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा दुर्घटनामा परेका  छन् । जसमा दुर्घटनामा परी  १ सय १७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् । Advertisement यस्तै गत आवमा ३१ ट्रक,...
सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं  । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए । मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका  यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घस...
घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । डडेल्धुरामा घरायसी विवादमा श्रीमानले आग्लो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवाद हुँदा शनिबार दिउँसो नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदलाई आग्लोले हिर्काएका थिए ।  श्रीमतीको हत्या गरेर साउँदले स्थानीय प्रहरी चौकीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले रातोपाटीलाई बताए । प्रहरीले साउदलाई शनिबार राति नै पक्राउ गरेको छ ।  Advertisement ढोकामा लगाउने डेढ फिटको आग्लोले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्यामले प्रहरीसँग आफैंले हत्या गरेको साविती बयान दिएका छन् । मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई फोन गरेर साउँदले आफ्न...
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु...