२०८३ असार १५

स्वास्थ्य

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । Advertisement भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो । भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् । Credit: OnlineKhabar ...
देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा १६१ जनासहित २ लाख ७३ हजार १२३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
भारतीय सेनाले दियो नेपाली सेनालाई कोरोना खोप

भारतीय सेनाले दियो नेपाली सेनालाई कोरोना खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१७ चैत, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले थप खोप उपहारस्वरुप प्रदान गरेको हो । Advertisement भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् । भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइएको उक्त खोप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरे...
इटहरीमा एकजनाको हत्या, एक पक्राउ

इटहरीमा एकजनाको हत्या, एक पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
१७ चैत, इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका-२ मा सोमबार एकजनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । Advertisement हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । Credit: OnlineKhabar ...
काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, काठमाडौँ। काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने भएको छ । सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ । Advertisement विभागले त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने जनाएको छ । यस्तै विभागले तुँवालोका कारण आँखा पोल्‍ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्‍यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ । Credit: OnlineKhabar ...
भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ । Advertisement देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षण संस्था बन...
हात्तीको आक्रमणमा परी धनुषामा एक वृद्धको मृत्यु

हात्तीको आक्रमणमा परी धनुषामा एक वृद्धको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ चैत, धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एक वृद्धको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement उनको शव परीक्षणका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुका साथै १० घरमा क्षति पु¥याएको छ । गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पु¥याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादु...
पूर्व सभासद् भण्डारीको निधन

पूर्व सभासद् भण्डारीको निधन

देश, समाचार, स्वास्थ्य
१६ चैत, काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । Advertisement धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् । सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् । Credit: OnlineKhabar ...
कैलालीको बर्दगोरियामा ट्याक्टर दुर्घटना, ६ जना भारतीय मजदुर घाइते

कैलालीको बर्दगोरियामा ट्याक्टर दुर्घटना, ६ जना भारतीय मजदुर घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ चैत, सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आइतबार से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ जना भारतीय मजदुर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । Advertisement घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् । Credit: OnlineKhabar ...
धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ) को घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइ...