मकवानपुरमा स्थानीय तहका आइसोलेसन सेन्टरलाई सुचारु गरिने
१४ वैशाख, हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले गत वर्षमा सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुलाई पुनः सञ्चालन गरिने भएको छ ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले गत वर्ष पालिका तथा अस्पतालहरुले सञ्चालन गरेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकपछि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाले गत वर्ष सञ्चालन गरेका आइसोलेसनहरु पुनः सुचारु गरिने भएको छ ।
Advertisement
बैठकले आइसोलेसनलाई पहिलाकै हैसियतमा तयारी अवस्थामा राख्न स्थानीय तहहरुलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताए ।
त्यसैगरी विद्यालयका परीक्षालगायत भौतिक उपस्थितिम...









