२०८३ असार १४

स्वास्थ्य

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्‍यो सफल परीक्षण

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्‍यो सफल परीक्षण

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन  सिलिण्डर उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका थिए। नाष्टका वैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । Advertisement नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए । उनले भने,‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिण्डर उत्पाद...
यमनका विकट गाउँमा शल्यक्रिया गर्दै डाक्टर केसी

यमनका विकट गाउँमा शल्यक्रिया गर्दै डाक्टर केसी

स्वास्थ्य
यमन पुगेका डाक्टर केसी। चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्। ‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको छ, यहाँको दुर्गम भेगमा म स्वेच्छिक रूपमा अर्थोपेडिक सेवा दिइरहेको छ,’ केसीले आफ्ना सहयोगी डा. जीवन क्षत्रीलाई इमेलमा लेखेका छन्। नेपालमा कोभिड संक्रमणको दोस्रो लहरले महामारीको रूप लिएको थाहा पाउँदा आफू निकै दु:खी भएको केसीले इमेलमा लेखेका छन्। ‘यो सुनेपछि म नेपाल फर...
उपत्यकाका यी चार ठूला अस्पताल भन्छन्- कोरोना संक्रमितलाई उपचार नगरी गेटबाटै फर्काउँदैनौं

उपत्यकाका यी चार ठूला अस्पताल भन्छन्- कोरोना संक्रमितलाई उपचार नगरी गेटबाटै फर्काउँदैनौं

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ। अस्पतालमा अक्सिजन अभाव हुँदा सिकिस्त विरामीको उपचारमा कठिनाइ भएका खबरहरू आएका छन्। यसैबीच हामीले काठमाडौंका चार ठूला अस्पताललाई अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था छ कि, छैन भनेर सोधेका छौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले अक्सिजन अभावका कारण विरामी फर्काउन नपरेको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बरू बेड नहुँदा विरामीलाई बरण्डा र भूइँमै राखेर उपचार गरिएको तर अक्सिजन भएन भनेर नफर्काइएको जानकारी दिए। ‘अहिले अक्सिजन पर्याप्त छ भन्ने होइन हामीले व्यवस्थापन गरेका छौं। अक्सिजन नभएर विरामी फर्काउन पर्ने अवस्था छैन,’ उनले भने। निर्देशक राजभण्डारीले अहिले अस्पताललाई दैनिक ४ सय ५० अक्सिजन सिलिण्डर चाहिने बताए...
गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो ।  Advertisement आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउन...
यसरी थाहा पाउनुस्, उपत्यकाका कुन अस्पतालमा कति आइसियू खाली छ भनेर

यसरी थाहा पाउनुस्, उपत्यकाका कुन अस्पतालमा कति आइसियू खाली छ भनेर

समाचार, स्वास्थ्य
अहिले सबैलाई एउटै समस्या छ- उपत्यकाका कुन अस्पतालमा आइसियू खाली होला भनेर थाहा पाउने। किनभने पछिल्लो समय अस्पतालहरूको आइसियू भरिएको खबर मात्र आइरहेका छन्। यसले गर्दा अहिले धेरैलाई एउटै समस्या छ। त्यो भनेको आपत पर्दा बिरामीलाई कुन अस्पतालमा लाने? सोच्दासोच्दै, अस्पतालहरूलाई फोन घुमाउँदा घुमाउँदै कहिलेकाहीँ ढिला भएर दुःखद् घटना हुनसक्छ। तर अब उपत्यकाका कुन अस्पतालमा, कति वटा आइसियू खाली छ भनेर स्वास्थ्य मन्त्रालयको तथ्यांक हेरेर थाहा पाउन सकिने छ।  यसअघि मन्त्रालयले नियमित विवरणमा खाली अस्पतालमा कति जना मानिस आइसियू र भेन्टिलेटरमा उपचाररत छ भनेर मात्र उल्लेख गर्ने गरेको थियो। तर हिजो सोमबार जारी गरेको विवरणमा भने अस्पतालहरूको कुल आइसियू र भेन्टिलेटर क्षमता कति हो? त्यसमा कति जना बिरामीहरू उपचाररत छन् लगायत विवरण जारी गरेको छ।  Advertisement ...
ललितपुरमा कहाँ लगाउने चिनियाँ खोपको दोस्रो डोज ?

ललितपुरमा कहाँ लगाउने चिनियाँ खोपको दोस्रो डोज ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोपको दोस्रो मात्रा दिन शुरु गरिँदैछ । यसका लागि २९ वटा वडामा विभिन्न खोप केन्द्रहरु तोकिएका छन् । महानगरपालिकाले आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भइ खोप लगाउन अनुरोध गरेको छ । Advertisement साभार: रातोपाटी
बागमतीका सांसद खतिवडाले गरे त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग

बागमतीका सांसद खतिवडाले गरे त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीको अत्यधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव बढ्दै गएपछि बागमती प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जिल्ला त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका छन्।  जिल्ला अस्पताललाई आफ्नै खर्चमा १० थान अक्सिजन सिलिण्डर त्रिशूली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतबार बिहान सांसद खतिवडाले सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणपछि खतिवडाले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रहसमेत गरेका छन्। Advertisement उपचारपछि निको हुने अवस्थामा पनि देशैभर बिरामीहरूले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालीलाग्दो...
सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

देश, समाचार, सामाजिक, स्वास्थ्य
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ ।  नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।  आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  Advertisement आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताए । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताए ।  आयुर्वेद औषधालयका प्रमुख पौडेल, आधारभूत स्वास्थ्य एका...
चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । Advertisement यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई...
काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका  अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ ।  कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । Advertisement स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडीको व्यवस्थापन गरिएको हो ।  अस्पतालले कोभिडका बिरामी जाँचेर सामान्य भएमा होम आइसोलेशनमा पठाउने गर्छ । यदि संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै ह...