भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्राप्त
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरेपश्चात् क्याम्पसले क्युएए प्राप्त गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । क्याम्पसले यसअघि छ वर्ष अगाडि पनि क्युएए प्राप्त गरेको थियो । “क्याम्पसलाई क्युएए प्रदान गर्ने आयोगको निर्णयले हामीलाई खुसी तुल्याएको छ”, उहाँले भन्नुभयो ।
क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक हबको रुपमा विकास हुँदै गइरहेको छ । व्यास नगरपालिका, ऋषिङ, म्याग्दे , बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने गरेका ...









