२०८१ बैशाख १३

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी




शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ ।


Advertisement


‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नागरिक क्षेत्रबाट उठाइका शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधन गराउन कार्यसप्ताहका माध्यमबाट हस्ताक्षर सङ्कलनसहित सरकारलाई ज्ञापनपत्र दिइने बताउनुभयो ।



उहाँले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न, सङ्घीय शिक्षा ऐन छिटो जारी गर्न, शिक्षाका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्दै समतामूलक समाज निर्माण गर्न र भौतिक पूर्वाधार सुधारी प्राविधिक शिक्षामा जोड दिन माग गर्नुभयो ।

Copy link
Powered by Social Snap