२०८१ बैशाख १५

शिक्षा

सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

देश, शिक्षा, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् ।  आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।  शिक्षिकालाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको प्रहरीको दावी छ ।  पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।  Advertisement ...
देशकै नमुना स्कुल अमरसिंह : विवाद र राजनीतिको अखडा

देशकै नमुना स्कुल अमरसिंह : विवाद र राजनीतिको अखडा

देश, शिक्षा, समाचार, सामाजिक
Credit: OnlineKhabar २१ असोज, पोखरा । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहल/पहल रकमबाट पुनर्निर्माण कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवाइ गरे मेजर वीरसिंह गुरुङले । कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ सालमा स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । वीरसिंहको पहल र स्थानीय घिमिरेहरुले जग्गा दान गरेपछि खुलेको सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाईस्कुल पोखराकै पुरानोमध्येको एक हो । पूर्वसैनिक परिवारका छोराछोरीका निम्ति भनिए पनि यो स्कुलमा सर्वसाधारणका छोराछोरी पनि पढ्न पाउँथे । ‘त्यो बेल्टमै स्रोत र साधन भएक...
विद्यालय बन्द गर्न आग्रह

विद्यालय बन्द गर्न आग्रह

देश, शिक्षा, समाचार
साभार: रातोपाटी जिल्ला विपद् व्यवस्थापन समितिले  विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।   बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।  विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।  कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए ।  Advertisement यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।   निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउ...
नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

राजनीति, विदेश / एन.आर.एन, शिक्षा, समाचार
साभार: सेतोपाटी अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो। अहिले  विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ।   प्रस्तावित कानुनले ठगी कम गर्ने, राष्ट्रिय सुरक्षा बढाउने विभागको विज्ञप्तिमा उल्लेख छ। Advertisement भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने म...
त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने

देश, राजनीति, शिक्षा, समाचार
साभार: रातोपाटी त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो । उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ । यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ । Advertisement त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ । यता नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी...
मनास्लु वल्र्ड कलेजको दोश्रो प्रवेश परिक्षा असाेज ७ गते

मनास्लु वल्र्ड कलेजको दोश्रो प्रवेश परिक्षा असाेज ७ गते

शिक्षा
कपन स्थित मनास्लु वल्र्ड कलेज ले यस वर्ष ११ मा विधार्थी भर्ना का लागि दोश्रो प्रवेश परीक्षा सुचारु गर्ने भएको छ। पहिलो प्रवेशिका परीक्षामा सर्वाधिक विधार्थी को सहभागिता भएका ले यस परीक्षामा पनि कलेज र विधार्थी दुवै उत्साहजनक देखिन्छन्। Advertisement यही असाेज ७ गते हुन लागेको परिक्षा को तालिका यस प्रकार रहेको छ। ...
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

देश, राजनीति, शिक्षा, समाचार, सामाजिक
Credit: OnlineKhabar ६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको केन्द्रले जानकारी दिएको छ । पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थि...
बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

देश, शिक्षा, समाचार
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेका छन् । Advertisement अधिकांश शिक्षक कर्मचारीहरूले पछिल्लो ६-७ महिनादेखि तलब नपाईरहेको थापा बताउँछन् । केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला बोर्डिङले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ । चैतमा लकडाउन सुरु भए पनि शिक्षकहरू...
एकदिनमा सर्वाधिक एस.ई.ई विद्यार्थीको प्रवेश परिक्षा लिन मनास्लु वल्र्ड कलेज सफल

एकदिनमा सर्वाधिक एस.ई.ई विद्यार्थीको प्रवेश परिक्षा लिन मनास्लु वल्र्ड कलेज सफल

शिक्षा
मनास्लु वर्ल्ड कलेज द्वारा पहिलो चरण अन्तर्गत २०७७ असोज ३ गते शनिवारको दिन अनलाइनको माध्यम बाट लिइएको प्रवेश परीक्षामा उत्साहजनक बिध्यार्थीहरु सहभागी भएका छन।यस मिति अनुसार मनास्लु वल्र्ड कलेज ले सर्वाधिक विधार्थी को परिक्षा लिन सफल भएको छ । देशभर बाट विभिन्न संकायमा ५६७ जना बिध्यार्थीहरु सहभागी भएकोमा ४९४ जना बिध्यार्थीहरुले प्रवेश परीक्षा पास गर्न सफल भएका छन। उतीर्ण हुने बिध्यार्थीहरु मध्ये विज्ञान संकायमा १९६ जना,व्यवस्थापन संकायमा २१६ जना ,मानविकी संकायमा ४७ जना र कानुनी संकायमा ३५ जना बिध्यार्थीहरु रहेका छन। Advertisement पहिलो चरण अन्तर्गत लिइएको प्रवेश परीक्षामा उतीर्ण भएका बिधार्थीहरु मध्ये १०० जना बिध्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको प्राप्ताङ्गको आधारमा पूर्ण तथा आंसिक छात्रवृत्ति प्रदान गरिने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र...
आज मनास्लु वल्र्ड कलेज द्वारा अनलाइन छात्रवृत्ति परिक्षा सञ्चालन हुँदैन। यस्तो छ तालिका

आज मनास्लु वल्र्ड कलेज द्वारा अनलाइन छात्रवृत्ति परिक्षा सञ्चालन हुँदैन। यस्तो छ तालिका

शिक्षा
जरुरी सूचना : मनास्लु वल्र्ड कलेज द्वारा छात्रवृत्ति परीक्षाकाे तालिका प्रकाशन Dear Students, Good Morning ! Stay Safe, Stay Happy Please be prepared for ONLINE ENTRANCE EXAMINATION DETAILS: Date : 3rd Ashwin, 2077 (Saturday)Time : Science11:00 amManagement & Humanities1:00 pm The examination link will be sent 15 minutes prior to exam. Manaslu World College ... "a home for future leaders"Chuchchepati, Kathmandu For further contact: 9801362380 9801362381 9801362382