२०८२ फाल्गुन २१

अर्थतन्त्र

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक, देश
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।  बुधबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

अर्थतन्त्र, आर्थिक
उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्ताएको र मन्दी छाएको बताइरहँदा राष्ट्र बैंक यो कुरा पत्याइरहेको छैन। केही समयअघि व्यवसायीहरूले भनेजसरी आर्थिक गतिविधिमा सुस्ति आए-नआएको भन्ने विषयमा अध्ययन भइरहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका थिए। राष्ट्र बैंकले आन्तरिक भनेको यो अध्ययनको निश्कर्षमा आर्थिक गतिविधिमा सुस्तता नआएको दाबी छ। 'अहिले हाम्रो अध्ययनले मानिसहरूले एकअर्कासँग गर्ने कारोबारमा वृद्धि भइरहेको देखिएको छ,' राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, 'त्यसैले आर्थिक गतिविधिमा खासै मन्दी आइनसकेको हाम्रो विश्लेषण छ।' २०७६ साल मंसिरबाट राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले अहिलेको अध्ययनमा यही तथ्यांकलाई हेरेको बताएको छ। वास्तविक समयमै भएको कारोबारको फर्छ्य...
घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

अन्तर्वार्ता, अर्थतन्त्र
घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि । भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? उपभोक्तामा थुप्रै जिज्ञासा हुनसक्छ । वालपेपरको डिजाइन वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर पनि बजारमा छनोट गर्न सकिन्छ । कति पर्छ मूल्य ? ५६ स्क्वायर फिटको रोलमा यो उपलब्ध हुन्छ । एक रोल वालपेपरको १६ सय...
कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा

कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा

अर्थतन्त्र, आर्थिक
नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंगे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ। हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु लक्षित नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो। यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको बताइएको छ। उक्त लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन्। कम्पनीका अनुसार लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ।  उक्त लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन्।  लाउञ...
तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

अर्थतन्त्र, आर्थिक
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्टि्रक गाडी आयात भएको छ । यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ...
१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

अर्थतन्त्र
२७ असोज, काठमाडौं । मा काठमाडौं कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमार्डौमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आर्ठौ कार्यक्रम हो, जसमा काठमाडौं वाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ सहित १०० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टममा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आ...
जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

अर्थतन्त्र, आर्थिक, नेपाली ब्रान्ड
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन थप ३ शोरुमको उद्घाटन गरेको छ ।  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल  ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।  जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।   ...
अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अर्थतन्त्र, आर्थिक
विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो र येन आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पार्नेछ। डलर कति बलियो बनेको छ? अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स (डीएक्सवाई) सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। एक दिनारको मूल्य रु ४०० भन्दा बढी, डलर र पाउन्डभन्दा किन महँगोनेपालको विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन्? यो मापनका आधारमा डलर २० वर्षयताकै उच्च बिन्दुमा छ। डलर किन यति बलियो भएको हो? अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ। त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यस...
यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

अर्थतन्त्र, आर्थिक, विचार, विचार
अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् । यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्र...
आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा

अर्थतन्त्र, आर्थिक
अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए।  अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजश्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्छ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो।  देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ-गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरूरी रहेको उनले बताए। उनले भने,‘श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ।’ उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताए। निजी,...