२०८२ फाल्गुन २१

अर्थतन्त्र

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
ए‌.यफ.टि.आई कर्पोरेशन का सिइओ , यस.वाईयम नेटवर्क का अध्यक्ष तथा युवा उद्यमी श्रद्धेश आचार्य हालै काठमाडौं को बहु प्रतिष्ठित सहकारी संस्था "युवा विकास बहुउद्दे्यीय सहकारी" का प्रमोटर शेयर धनी का रूप मा आबद्ध भएका छन्। युवा विकास सहकारीका अध्यक्ष किसान राई (अलाईव ग्लाइडर) संग आचार्यको लामो समय देखि को सुमधुर सम्बन्ध छ। अलाईव को रीचर्जर याप नामक ई कमर्स साइट को प्रवर्धन आचार्य अन्तर्गत को एक कम्पनी ले गर्न थालेपछि भाइचारा अझ बढेको जनाइन्छ। उक्त सम्बन्ध लाई सहकारी मा नी सुमधुर बनाउन दुबै अग्रसर देखिन्छन्। आचार्य र ग्लाइडर का तस्बिर हामी संग को कुरा मा श्रद्धेश भन्छन "आई लभ सहकारी! मेरो बुवा ले १४ वर्ष अगाडि वीरगन्ज मा एउटा सहकारी स्थापना गर्नु भएको थियो। त्यति खेर म बालक नै थिए तर सहकारी सञ्चालन को शैली देखेर रोचक लाग्थ्यो।" Advertisement ...
निर्माण सामग्रीमा मूल्य वृद्धि

निर्माण सामग्रीमा मूल्य वृद्धि

अर्थतन्त्र, आर्थिक, देश, समाचार
नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ ।फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि गरेको महासङ्घले जनाएको छ ।फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मूल्य वृिद्ध गरी मिलेमतो गरेको देखिएको छ, महासङ्घका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्य वृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घले जनाएको छ ।त्यसैगरी देशको कुनै पनि स्थानबाट...
सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

अर्थतन्त्र, आर्थिक, देश, राजनीति, समाचार
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई निर्वाचित भएका छन् । महासङ्घमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाए । यता, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थि...
बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

अर्थतन्त्र, आर्थिक, देश, बैँक/ बीमा, समाचार
सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् । जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् । ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भय...
पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापारमा ओरालो

पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापारमा ओरालो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३० कात्तिक, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । Advertisement अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो । यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाज...
विदेशी प्रकाशकका पुस्तकमा भन्सार छुट

विदेशी प्रकाशकका पुस्तकमा भन्सार छुट

अर्थतन्त्र, कर्पोरेट, समाचार
काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयानुसार विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटएको जनाएको छ ।  मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साविकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।  मन्त्रिपरिषद्को यही कात्तिक २४ को बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्णरूपमा छुट...
सुनको मूल्य ओरालो लाग्यो : एक दिनमै ३ हजार ४०० ले गिरावट

सुनको मूल्य ओरालो लाग्यो : एक दिनमै ३ हजार ४०० ले गिरावट

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।  सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  Advertisement यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।  साभार: रातोपाटी ...
सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् ।  किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् । कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले  गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्...
मुगु पठाउने अनुदानको चामल को काला बजारी

मुगु पठाउने अनुदानको चामल को काला बजारी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
१८ कात्तिक, सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो । वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गए...
सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । Advertisement महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ । साभार: रातोपाटी ...