२०८१ बैशाख १६

अर्थतन्त्र

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् ।  किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् । कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले  गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्...
मुगु पठाउने अनुदानको चामल को काला बजारी

मुगु पठाउने अनुदानको चामल को काला बजारी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
१८ कात्तिक, सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो । वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गए...
सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । Advertisement महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ । साभार: रातोपाटी ...
नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल रु दुई हजार सात सय ७३५ रुपियाँ र मध्यम धानको प्रति क्विन्टल रु दुई हजार आठ सय ८५ न्यूनतमे समर्थन मूल्य तोकेको थियो । सहकारीमार्फत धान खरिद गर्न कृषि मन्त्रालयले निर्देशिका जारी गरेको छ । एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) ले आज ‘धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा’ विषययमा आयोजना गरेको संवादमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले धान राज्यले किनिदिने निर्णयसँगै किसानका अन्य समस्या समाधानको बाटो पनि खुल्दै गएको बताने । उनले भने, “धान किन्न सबैलाई खुल्ला छ...
शेयर कारोबार आकासियो : बिहीबार ३ अर्ब बढीको सेयर कारोबार

शेयर कारोबार आकासियो : बिहीबार ३ अर्ब बढीको सेयर कारोबार

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१३ कात्तिक, काठमाडौं । बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको हो । शून्य दशमलव ११ प्रतिशतले घटेको बजारमा नेप्से परिसूचक भने १६४५.६८ को बिन्दुमा आइपुगेको छ । बिहिबार नेप्सेमा सूचीकृत १९२ कम्पनीको १ करोड ३ लाख ६५ हजार कित्ता शेयर ४१ हजार ९०९ पटक कारोबार भएको थियो । कारोबार अवधिभर प्राईम कर्मशियल, प्रभु, एनएमबी, ग्लोबल आईएमई र एनआईसी एशिया बैंकको सेयर उच्च मात्रामा कारोबार भएको थियो । Advertisement एकैदिन प्रतिकित्ता १२ रुपैयाँले बढेको शिव श्री हाइड्रोपावरका लगानीकर्ताले बिहीबार बजारबाट धेरै नाफा गरे । यस्तै २२ रुपैयाँले बढेको नेपाल फाइनान्स, ३९ रुपैयाँले बढेको मि...
बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार

बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
काठमाडौं । सेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । दशैंको घटस्थापनादेखि छठपर्वसम्मै यस्तो अवस्था विगतका वर्षहरुमा देखिन्थ्यो । आम जनतामा चाडपर्वको रौनक नसकिने भएकोले यो अवधिमा सेयर बजारमा कारोबार रकम ज्यादै न्यून हुने गथ्र्यो । कारोबार रकम मात्रै नभएर सेयर बजार सूचकमा समेत यो अवधिमा उल्लेख्य उतारचढाव भएको पाइँदैन ।  तर यसपटक यस्तो भएन । ५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो ।  बुधबार नेप्से परिसूचक मात्रै नभएर यसअन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगे...
दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।  नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार (नवमी र विजयादशमी) को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् । Advertis...
च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । “यसपालि च्याङ्ग्रा कम छ...
कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

अर्थतन्त्र, शेयर बजार
साभार: रातोपाटी काठमाडौं । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । Advertisement कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । ...
सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन । सामान्यतया अर्थमन्त्रीको नियुक्ति र बर्हिगमनमा बजार कि त ज्यादा चम्कने कित ज्यादा घट्ने गरेकोमा पौडेलको आगमनलाई सेयर बजारले खुलेर स्वागत गर्न नसकेको आजको कारोबारबाट देखिन्छ ।  बजार खुलेको केही समय नेप्से आकर्षक ढंगले चम्किएको भए पनि विस्तारैे गति सुस्त हुदै गयोे । नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ ।  Advertisement १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी समुहको सुचक ओरालो लागेको छ ।  वाणिज्य बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ । नेपाल फाइनान्स र जनरल इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको ...