२०८१ बैशाख ५

धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक

साभार: रातोपाटी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 
नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने । 


Advertisement


राष्ट्र बैंकले सुरुमा प्रतिबैं ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको तयारीपछि बैंकहरुले आजदेखि थप शाखाहरु खोल्न थालका छन् । 

Copy link
Powered by Social Snap