२०८३ बैशाख १७

Author: Senior Editor Nima

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

राजनीति
गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने जनाइएको छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुने जानकारी दिए । “प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना...
राष्ट्रपतिले गरे तीन जनालाई राजदूतमा नियुक्त

राष्ट्रपतिले गरे तीन जनालाई राजदूतमा नियुक्त

राजनीति
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ।   ...
राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । ...
परिस्थितिले नयाँ मोर्चा खडा गर्छ, कम्युनिस्टहरू एक हुनुपर्छ : विप्लव

परिस्थितिले नयाँ मोर्चा खडा गर्छ, कम्युनिस्टहरू एक हुनुपर्छ : विप्लव

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरू र कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताए ।  विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने बताए । उनले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताए । उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताए । "परिस्थितिले नयाँ मोर्चा खडा गर्छ । नेपाललाई भित्री हृदयदेखि माया गर्ने मानिसहरूको पंक्ति यो कार्यक्रममा छ । कम्युनिस्टहरूले के भनेका छन् भने प्रगतिशील शक्तिसँग मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ," उनले भने । ...
भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

देश, समाचार
काठमाडौँ — भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार गुप्ताको नेतृत्वमा एनडीसीको शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदल नेपालमा आएको हो । रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रूपमा रहेको उल्लेख गरे । उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको बताए । रक्षामन्त्री खड्काले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्...
आरजुप्रति देउवा पक्षीय सांसदकै टिप्पणी– हामी सी ग्रेडमा पर्‍यौँ 

आरजुप्रति देउवा पक्षीय सांसदकै टिप्पणी– हामी सी ग्रेडमा पर्‍यौँ 

राजनीति
काठमाडौं । आरजु राणा प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनेसँगै सत्तारूढ दल कांग्रेसी सांसदका टीकटिप्पणीका निम्ति मसला मिलेको छ, ‘‘पार्टीमा राणा शासन आयो, हामी सी ग्रेडमा पर्यौं ।’’ आरजु लोकतन्त्र बहालीपछि कांग्रेसमा लगातार अवसर पाउनेमा पर्छिन् । लोकतन्त्र बहालीपछि लगातार दुई पटक समानुपातिक सांसद बनिन् ।  २०७४ को प्रत्यक्ष चुनावमा होमिइन्, मतदाताले उनलाई मन पराएनन् । फेरि २०७९ मा समानुपातिक सांसदको कोटामा सांसद बनिन् । यतिखेर राज्यमन्त्रीसरहको सुविधा भोग गर्न पाइने कृषि तथा प्राकृतिक स्रोत साधन ससितिकै सभापति बनिन् । उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी हुन् । कठोर राणा शासक जुद्धशमशेरकी नातिनी आरुजुले शेरबहादुर देउवासँग २०५१ असारमा विवाह गरेकी थिइन् । जहानिया शासक जुद्ध शमशेरकै पालामा प्रजातन्त्रको माग ...
मन्त्री र सचिवलाई निर्णय गरे अदालत जानुपर्छ भन्ने आतंक भयो : प्रधानमन्त्री

मन्त्री र सचिवलाई निर्णय गरे अदालत जानुपर्छ भन्ने आतंक भयो : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवहरु मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन् । सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका मन्त्री, सचिव र कर्मचारीहरु निर्णय गर्न नै डराउने अवस्था आएको बताए । उनले सचिवहरुमा कुनै निर्णय गरे मुद्दा, मामिलाका कारण अदालत जानुपर्ने हो कि भन्ने आतंक छाएको बताए । “आजभोलि त गम्भीर स्थिति के भएको देखिएको छ भने अब हाम्रा कर्मचारीहरु, सचिवहरु, मन्त्रीहरु सबै पनि अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाती भन्ने मानसिकता आउने हो कि भन्ने एउटा खतरा पैदा भएको छ,” उनले भने, “सचिवज्यूहरु निर्णय ग¥यो भने अदालतमा जानुपर्ने । मुद्दा मामिलामा जानुपर्ने भनेर एउटा आतंकजस्तो बनेको छ ।” व्यवसायीहरु पनि व्यवसायमा अगाडि बढ्दै जाँदा मुद्दा, मामिलामा फसिन्छ कि भनेर ...
स्विडेनका सांसदहरूको टोलीले गर्‍यो परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

स्विडेनका सांसदहरूको टोलीले गर्‍यो परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेको स्विडेनको सांसदहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ता सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।  स्विडेनको सांसदहरूको टोलीमा मारिया स्टकहाउस, अलेक्जान्ड्रा एन्स्ट्रेल र एन–सोफी लिफभेनहेज रहेका थिए ।  भेटवार्तामा नेपाल र स्विडेनबीचको द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ...
गिरी बन्धु टी स्टेट, वाइडबडी, ओम्नी सबैको छानबिन गर, आफैँ जेल जाऊ : ओली

गिरी बन्धु टी स्टेट, वाइडबडी, ओम्नी सबैको छानबिन गर, आफैँ जेल जाऊ : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ओम्नी, गिरी बन्धु टी स्टेटसहितका प्रकरणको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा ओलीले ललिता निवास प्रकरणमा अहिले भागाभाग भएको समेत बताए ।  “यती भनिरहेका छन् । गर न त छानबिन भनिरहेका छौँ । के यती होल्डिङ्स कराइराख्या ? वाइडबडी गर न, जाऊ जेलमा आफैँ । वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई भन्दैथे त ललिता निवास कराएका थिए, अहिले एउटा एताबाट गुटुङटुङ कुद्छ, अर्को उताबाट कुद्छ,” ओलीले भने ।  उनले गिरी बन्धु टी स्टेटको जग्गा कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे । “अहिले चिया बगान निस्किएको छ, गर न छानबिन । बिनाकानुन ०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको ...
झलनाथ खनालको दाबी : एसपीपी सम्झौताको तयारी हुँदै छ

झलनाथ खनालको दाबी : एसपीपी सम्झौताको तयारी हुँदै छ

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो भने किन दस्ताबेजहरु लुकाएको भन्दै उनले प्रश्न गरे । “एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ,” उनले भने, “कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएक...