गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब
पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् ।
Advertisement
अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक जितेका पालिका भने गुमाएको छ ।
निर्वाचन आयोगकाअनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले र कांग्रेसले समान ३५–३५ पालिका जितेका छन् ।
अघिल्लोपटक पाँच पालिकामात्र जितेको नेकपा (माओवादी केन्द्र)ले अहिले गोरखामा मात्रै नौवटा पालिका जितेको छ । उसले तनहुँको आबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिकासहित कुल ११ पालिका जितेको छ ।
बागलुङमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा ...









