२०८३ बैशाख २५

Author: Raunak

सुनको आपूर्ति बढाउन पहल गर्ने सरकारको प्रतिबद्धता

सुनको आपूर्ति बढाउन पहल गर्ने सरकारको प्रतिबद्धता

देश, राजनीति, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए ।  Advertisement त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्...
दुई दिनमा लगाए २ सय २५ सांसदले कोरोना विरुद्धको खोप

दुई दिनमा लगाए २ सय २५ सांसदले कोरोना विरुद्धको खोप

देश, समाचार, स्वास्थ्य
काठमाडौं । संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।  प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा संघीय संसदका सांसद र कर्मचारीलाई स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको हो । Advertisement नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बुधबारदेखि शुरु भएको भ्याक्सिन दिने क्रममा आजसम्म २ सय २५ सांसद, ७ सय ४७ कर्मचारीले भ्याक्सिन लगाएका हुन् ।  आज ६० जना सांसद, स्वकिय सचिव, कर्मचारी लगायत अन्य ४ सय ३० जना समेत गरी ४ सय ९० जना जनाले भ्याक्सिन लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।  भोलि शुक्रबार पनि बाँकी रहेका संघीय संसदका सांसद तथा कर्मचारीलाई भ्याक्सिन दिइनेछ । साभार: रातोपाटी ...
प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ, १ सय २६ जना जेलमा

प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ, १ सय २६ जना जेलमा

देश, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।  त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता रहेको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।  Advertisement मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् । यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । सरकार र विप्लव समूहको बीचमा भएको वार्तापछि उनीहरु विरुद्धको मुद्दा खारेज गर्ने सहमति भएको छ ।  प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लड...
एनसेल विष्फोटले प्रतिवन्ध, आपतमा परेपछि फुकुवा !

एनसेल विष्फोटले प्रतिवन्ध, आपतमा परेपछि फुकुवा !

देश, राजनीति, समाचार
काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नमान्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच ३ बुँदे सहमतिपछि विप्लव समूहमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा भएको छ ।  २ बर्ष अघि अर्थात् २०७५ फागुन २८ गते सरकारले विप्लव समूहलाई अपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो । त्यसको झण्डै २ बर्ष पुग्न लाग्दा अर्थात् २०७७ फागुन फागुन २० गते प्रतिवन्ध फुकुवा भएको हो ।  Advertisement विप्लव समुह अर्धभूमिगत रहेको अवस्थामा २०७५ फागुन १० गते नख्खु स्थित एनसेल मुख्यालय परिसरमा वम विष्फोट गराएपछि त्यसको १८ दिनपछि विप्लव समूहसँग सरकार आक्रमक बन्दै उसका गतिविधिमाथि प्रतिवन्ध लगाएको थियो । सरकारले त्यसबेला विप्लवमाथि एनसेल लगायतमा विष्फोट र चन्दा आतंक मच्चाएको तथा वार्तामा बोलाउँदा समेत नआएको...
वर्षभरि एउटा गैंडाको पालनपोषणको जिम्मा प्रधानमन्त्रीले लिने

वर्षभरि एउटा गैंडाको पालनपोषणको जिम्मा प्रधानमन्त्रीले लिने

देश, राजनीति, समाचार
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’ कार्यक्रम अन्तर्गत एउटा गैडाको वर्षभरिको पालनपोषणको सम्पूर्ण खर्चको जिम्मा लिएको घोषणा गरे । Advertisement कोभिड-१९ रहुन्जेल आफूले तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना बराबर पत्नी राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए । प्रधानमन्त्री ओलीले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने बताए । त्यसको व्यवस्थापनका लागि उनले विभागीय मन्त्रीलाई निर्देशनसमेत दिए । वृद्धवृद्धा र असक्तलाई चिडियाखाना घुम्न सहज...
राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

देश, राजनीति, समाचार
१९ फागुन, चितवन । नेकपा ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो राजनीतिक भविष्य जोगाउन पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्हमा आँखा गाडेको बताएका छन् । भरतपुरमा बुधबार आयोजित ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले पहिचान गुमाएका प्रचण्डले अब सूर्य चिन्हभन्दा बाहेकबाट निर्वाचन लड्दा नजित्ने निष्कर्ष निकालेर त्यसका लागि मरिहत्ते गरिरहेको बताए । Advertisement ‘हिजो सूर्य चिन्हबाट चुनाव लडौं भनेर सहमति गर्दा उहाँले नै पछाडि हटेर गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न जानु भो, त्यसले गर्दा १० लाख मत बदर भए,’ नेता बस्नेतले भने, ‘हिजो सूर्य चिन्हका उम्मेदवार सिध्याउने र सूर्यका मतपत्र च्यात्नेलाई आज किन त्यही सूर्य चिन्ह चाहिएको हो ? आगामी निर्वाचनमा सूर्य ...
डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१९ फागुन, काठमाडौं । डिम्याट खाताको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दो छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पछि सर्वसाधारणहरुको बजारमा आकर्षण ह्वात्तै बढेको हो । सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् । Advertisement सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । सामान्य अर्थमा भन्नुपर...
बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

खेलकुद, देश, समाचार
१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ को बराबरी खेलेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तिलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा टुसालले गोल पर्काए । Advertisement टुसालका एलोन राईले ७१औं मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि नयाँ बस्तीले ९ खेलबाट १२ अंक जोडेको छ । नयाँ बस्ती छैटौं स्थानमा छ । समान खेलबाट ९ अंक रहेको टुसाल सातौं स्थानमा छ । Credit: OnlineKhabar ...
गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

देश, समाचार, सामाजिक
१९ फागुन, काठमाडौं । काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । Advertisement मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाएको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए । उक्त घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ । गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो । कल्पना मुडभरी पौडेलको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा एउटा झो...
सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत ४–५ वर्षदेखि लगानीयोग्य रकम (तरलता) को निकै ठूलो समस्या झेले । लगानी योग्य रकम अभाव हुँदा बैंकहरुले माग भइ आएको कर्जाको फाइल टेवलमा थन्काएर बस्न बाध्य भए । तर, कोरोना पछि भने अवस्था फरक रह्यो । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प रहे । त्यसपछि कर्जाको माग सुस्तायो र बैंकमा तरलता थुप्रियो । अहिले भने पुनः तरलता अभाव हुने त्रास सेयर बजारका लगानीकर्ताहरुमा देखिएको छ । Advertisement ‘कोरोनापछि अन्य क्षेत्र सुस्त हुँदा सेयर बजारमा उत्साह छाएको थियो, बजारमा उत्साह आउनुको मूख्य कारण भने तरलता र ब्याजदर नै हो’ सेयर विश्लेषक हरिकुमार कार्की भन्छन्, ‘त्यो उत्साह अहिले पनि कायमै छ, केहि दिन घट्दा कतै समस्या होला कि भन्ने आशंका गरिएको छ ।’ तर, अहिले नै तरलता घट्ने र ब्याजदर बढ्ने सम्...